काठमाडौं । रातो साडी, हरियो पोते अनि घाँटीमा झपक्क छोपिने हार । निधारमा तारा आकारको रातो टीका । लाली ओठमा लाल रंगले सझिएर मुस्कुराउँदा पनि उनीभित्रको पीडा कता कता झल्कन्थ्यो । मुस्कुराउँदै खिचेको तस्बिर फेसबुकमा राखेर उनले तीजको शुभकामना दिएकी छिन् । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेकी पूर्व पत्नी इशाले सधैं झैं यसवर्ष पनि पूर्व पतिलाई सम्झदै तीज मनाएकी छिन् । अमेरिका बसेर पनि उनले तीज मनाइन् । तीजको दर खाइन् अनि नेपाली महिलाको तीजको पहिरन लगाएर मनाइन् । यसपाली उनको नेपाल आउने तयारी छ । उनले भनिन् , ‘म दशैं अगाडि नेपाल आउँछु ।’ नेपाल आउनुमा दशैं देशमै मनाउने इच्छा रहेको बताइन् । दुई छोरीको पालनपोषण गर्दै आएकी उनी रविलाई भुल्न सकिरहेकी छैनन् । २५ वर्ष लामो दाम्पत्य जीवन गत वर्ष मात्र पूर्णविराम लागेको थियो । यस घटनाले उनमा निकै गहिरो चोट परेको छ ।
इशाका पूर्व पति रवि लामिछाने गत हप्तामात्र हिरासतबाट छुटेका थिए । शालिग्राम पुडासैनीको आ त्मह त्यामा दुरुत्साहनको मुद्दा खेपेका उनलाई अदालतले धरौटीमा रिहा गरेको थियो । रविको पक्राउबाट इशाले दुःख व्यक्त गरेकी थिइन् ।
पुडासैनी प्रकरणमा रविले पुगे हेटौडा, चितवन अदालतको बदर खारेज गर्न चाले यस्तो कदम
टेलिभिजन प्रस्तोता रवि लामिछाने उच्च अदालत पुगेका छन्। चितवन जिल्ला अदालतको आदेश बदर गरिपाउँ भन्दै लामिछाने उच्च अदालतमा पाटन, हेटौंडा इजलासमा पुगेका हुन् । उनले अदालत पुगेर मंगलबार निवेदन दर्ता गरे । फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ ‘क’ बमोजिम साधारण तारेखमा मुद्दा कायम गरिपाउँ भन्दै लामिछानेले निवेदन दर्ता गरेको हुन् । यो निवेदनमाथि बुधबार नै बहस हुनेछ।
उनीहरुविरुद्ध पत्रकार शालिकराम पुडासैनीको आ त्मह त्याका लागि दुरुत्साहन गरेको अभियोगसहित चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। चितवन र काठमाडौं प्रहरीको संयुक्त टोलीले साउन ३० गते काठमाडौंबाट रविसहित तीनजना पक्राउ गरेको थियो। रवि र युवराज ३० गते साँझ पानीपोखरीस्थित न्युज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ परेका थिए भने अस्मिता कार्की भने सोही दिन दिउँसो राजधानीबाटै पक्राउ परेकी थिइन् । लामिछाने न्युज २४ टेलिभिजनबाट प्रसारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका संयोजक हुन्। चितवन जिल्ला अदालतले भदौ ३ गते लामिछानेलाई छानबिनका लागि ५ दिन म्याद थप गरेको थियो । चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले गत भदौ ९ गते लामिछाने र युवराज कँडेललाई धरौटीमा रिहा गरेको थियो। लामिछानेलाई ५ लाख र कडेँललाई तीन लाख धराैटी मागेकाे थियो । अस्मिता भने साधारण तारेखमा रिहा भएकी छन् ।