OMG एक्कासी के भयो आज काठमाडौं मा यस्तो डर लाग्दो, दिउँसै अँध्यारो ? (हेर्नुहोस् भिडियो सहित)

1 min read

खराब मौसमसँगै प्रदुषणले राजधानी उपत्यका ढाकिएको छ। बिहानैदेखि धुम्म काठमाडौं दिउँसो तुवालोले भरिएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार पश्चिमी वायुको प्रभाव र वायुमण्डलमा जम्मा भएका धुलोका कणका कारण उपत्यका तुवालोले ढाकिएको हो। *** भिडियो हेर्न तल क्लिक गर्नुहोला***

काठमाडौंको आकाशमा एक्कासी तुवाँलो बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानहरु प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक कर्मचारीका अनुसार दिउँसो २ बजेदेखि विमानस्थलमा उडान तथा अवतरण बन्द छ । यस्तै अवस्था रहे काठमाडौंतर्फ आउँदै गरेका अन्तर्राष्ट्रिय उडानका विमानलाई भने ‘डाइभर्ट’ गर्नुपर्ने अवस्था आउने उनको भनाइ छ ।।*** भिडियो हेर्न तल क्लिक गर्नुहोला***

‘भिजिबिलिटी पनि कम भएको छ। यो अवस्था वर्षा नहुँदासम्म कायम रहने देखिन्छ।’ उनका अनुसार उपत्यकासँगै पहाडी र केही पहाडी भूभागको समेत मौसम बदली भएको छ। वायु प्रदूषण खतराको तहमा पुगेपछि वातावरण विभागले बाल बालिका, वृद्धवृद्धा, श्वासप्रश्वासका र मुटुका विरामी सकेसम्म घर बाहिर ननिस्कन आग्रह गरेको छ।*** भिडियो हेर्न तल क्लिक गर्नुहोला***

Facebook Comments Box
error: Content is protected !!