बर्दिया राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको मान्छे खाने बाघ खोर भत्काएर भाग्यो

1 min read

बर्दिया राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएर बाँके निकुञ्जस्थित खोरमा थुनेको बाघ भागेको छ । गत चैत ५ गते नियन्त्रणमा लिई बाँके निकुञ्जको खैरी पोस्टको टाइगर होल्डिङ सेन्टर (उद्धार केन्द्र) मा थुनिएको बाघ मंगलबार बिहान फलामे डन्डी भाँचेर भागेको हो । बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम साहका अनुसार फलामे डन्डीसहितको खोर भत्काएर बाघ उत्तरतर्फ भागेको छ ।।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

उद्धार केन्द्रमा बाघ अनुगमनका लागि दुईवटा सीसी क्यामेरा राखिएको थियो । सीसी क्यामेराको फुटेजबाट बाघ भागेको जानकारी पाएपछि खोजी गरे पनि नभेटिएको उनले बताए । २०७४ मा बाघ थुन्ने फलामे खोर निर्माण भएको थियो । पहिलोपटक बर्दियाबाट ल्याइएको बाघ उक्त खोरमा थुनिएको थियो । खोरको अवस्था नै नबुझेर बाघलाई थुनिएको निकुञ्जका कर्मचारीले बताए । मर्मतसम्भार नहुँदा खोर थोत्रो भइसकेको थियो ।।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

सोमबार दिउँसो पशु चिकित्सकले बाघको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो । दिउँसो दिइएको आहारा पनि बाघले खाएको प्रमुख संरक्षण अधिकृत साहले बताए । वयस्क बाघ खोरबाट भागेपछि निकुञ्ज आसपासका बस्तीका बासिन्दा आतंकित छन् । वन्यजन्तु विशेषज्ञ डा. नरेश सुवेदीले सर्वसाधारणलाई जंगलमा नजान आग्रह गरेको बताए ।
।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

‘बाघलाई नियन्त्रणमा लिन राष्ट्रिय प्रकृति संरक्षण कोषको टोली परिचालित भएको छ,’ उनले भने, ‘बाघ प्राकृतिक बासस्थानतर्फ गएकाले फर्केर गाउँबस्तीमा पस्ने सम्भावना कम छ ।’ बर्दियाको मधुवन नगरपालिका–३ गौरी सामुदायिक वनबाट डार्ट गरी उक्त पाटेबाघलाई बाँके निकुञ्जको खोरमा ल्याइएको थियो ।।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

मधुवन–३ खाता जैविक मार्गमा यस वर्ष बाघको आक्रमणमा ६ जनाको मृत्यु भएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली खटिएको थियो । नरभक्षी बाघलाई खोज्ने क्रममा उक्त भालेलाई टोलीले नियन्त्रणमा लिएको थियो । तर मान्छे मार्न पल्केको बाघ त्यही नै हो भन्ने पुष्टि भने भएको थिएन । बेहोस बनाउन सुई दिएर नियन्त्रणमा लिइएको उक्त बाघको अगाडिका खुट्टाका नंग्रा थिएनन् । उक्त बाघले मधुवन आसपास क्षेत्रका किसानको घरपालुवा पशुचौपाया मारेको भने पुष्टि भएको थियो । बर्दियामा बाघले दुई वर्षयता १७ र बाँकेमा २ गरी १९ जनाको ज्यान लिइसकेको छ ।।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

बर्दिया निकुञ्जमा बाघ थुन्ने खोर एउटै छ । उक्त खोरमा गत कात्तिक महिनामा गेरुवा गाउँपालिकाको मध्यवर्ती क्षेत्रबाट नियन्त्रणमा लिइएको भाले बाघलाई थुनिएको छ । बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले भाले बाघहरूलाई एउटै खोरमा राख्दा आपसमा जुधेर घाइते हुने र मर्ने जोखिम हुने बताए । यस वर्ष तीनवटा भाले बाघ नियन्त्रणमा लिइएको छ । करिब साताअघि गेरवामा समातिएको भाले पाटेबाघ खोरको अभावमा निकुञ्जको उद्धार केन्द्र रम्मापुरमा राखिएको छ । खोर नपुगेकाले जैविकमार्गबाट नियन्त्रणमा लिएको एउटा बाघ बाँके निकुञ्जमा पठाइएको थियो ।

बाघ भागेको घटना छानबिन गरी दोषीमाथि कडा कारबाही हुनुपर्ने बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । ‘घटनाका सम्बन्धमा बेलुकीसम्म निकुञ्जले जानकारी दिएको छैन,’ उनले भने, ‘यो गम्भीर लापरबाही हो ।’ यसैबीच बाँकेस्थित पूर्व–पश्चिम राजमार्गको कोहलपुरदेखि बाँकेसँग सीमा जोडिएको दाङको सिमानासम्म सुरक्षा व्यवस्था कडा पारिएको छ । बाँके निकुञ्जस्थित राजमार्गमा दुईपांग्रे सवारीसाधन एक्लाएक्लैको साटो समूहमा मात्रै चलाउन दिइएको छ ।

बाघभन्दा भोकको डर
बर्दियाको मधुवन–३ का ६२ वर्षीय धनबहादुर बुढाको खेतीबाहेक आम्दानीको अर्को स्रोत छैन ।खेतीपातीका लागि पाँच कट्ठा जमिन छ । हात्तीले बर्सेनि बाली सखाप पार्न थालेपछि आजित थिए । अन्न बाली लगाउन छाडेर निजी वन हुर्काए । हुर्किएको आफ्नै वन यतिबेला उनका लागि ज्यानको जोखिम बनेको छ ।।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

वन आसपास आएर बाघ बस्न थालेपछि उनीसँगै गाउँले त्रासमा छन् । बाघ बस्तीमा आएर आक्रमण गर्न थालेपछि उठीबास हुने अवस्थामा पुगेको उनले बताए । दुई दशकअघि विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) ले खाता क्षेत्रका सामुदायिक वनलाई जैविकमार्ग बनाइएको थियो । नेपालसँग सीमा जोडिएको भारतको कतरियाघाट वन्यजन्तु आरक्ष जोड्ने यो मार्ग भएर अहिले वन्यजन्तु ओहोरदोहोर गर्छन् ।

‘वन संरक्षणमा तनमन लगाएर सहयोग गरियो । वन्यजन्तु कोषले स्थानीय बासिन्दालाई आयआर्जनका लागि सक्दो सहयोग गर्ने बचन दिए पनि सहयोग त परैको कुरा अहिले बाघले मानिस खाँदा फर्केर सोध्न कोही आएनन्,’ उनले गुनासो पोखे । उनीजस्तै यहाँका अधिकांश बासिन्दाको नाममा पाँच कट्ठाका दरले जग्गा छ । चारैतिर जंगलले घेरिएको बस्तीमा आयआर्जन भनेको बस्तुभाउ पालेर बेच्दा हुने हो । स्थानीय रूपा खनालले बस्तुभाउ पालेकाले बाध्य भई जंगल जानुपरेको बताइन् । ‘घाँस–दाउरा गर्न नपसी हुँदैन, अब वन पस्नै डर छ,’ उनले भनिन् ‘पहिले–पहिले हात्ती र चित्तलले अन्नबाली सखाप पारे, अहिले बाघले मान्छे नै मार्न थाल्यो ।’।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

वनसँगैको सुकुम्बासी बस्तीमा ६० घरधुरी छन् । अधिकांशको खेतीपातीबाहेक गुजाराको विकल्प छैन । वन्यजन्तु जोगाउन ठूलो धनराशि खर्च गरिए पनि मानिसको जीउज्यान र बालीनाली क्षति हुँदा ती सरकार र संरक्षणकर्मीका संस्थाले चासो नदिएको गुनासो स्थानीयको छ । खाताका संरक्षणकर्मी कुलराज बुढाले वन्यजन्तुको व्यवस्थापन र मानिसको सुरक्षामा सम्बन्धित निकायले काम नगर्दा यस क्षेत्रमा स्थानीय बासिन्दालाई वन्यजन्तुका कारण संकट बढेको बताए ।।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

मान्छे र बस्तुभाउ मार्न थालेपछि हालै राष्ट्रिय निकुञ्जले यहाँबाट एउटा बाघ नियन्त्रणमा लिएको थियो । त्यसपछि पनि स्थानीयवासी ढुक्क छैनन् । कोठियाघाटमा सोमबार पनि बाघ ओहोरदोहोर गरेको देखिएको उनीहरूले बताएका छन् । सामुदायिक वन महासंघका सचिवालय सदस्य मोहम्मद कर खाँले यहाँका बासिन्दा बाघबाट ढुक्क हुने अवस्था नरहेको बताए । ‘वन्यजन्तुको व्यवस्थापन र स्थानीयको आयआर्जनका लागि उचित प्रबन्ध नभएसम्म संरक्षणका काम दिगो हुन सक्दैन,’ उनले भने, ‘ती दुवै कुरासँगै मानिसको सुरक्षाको ग्यारेन्टी हुनुपर्छ ।’।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

बाघले मान्छेमाथि आक्रमणका घटना बढेपछि खाता जैविकमार्ग क्षेत्रमा विद्युतीय तारबार लगाउन सर्भेको काम सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारको करिब २५ लाखको सहयोगमा खाता जैविकमार्गको भगरैया, कोठियाघाट, धनौरालगायत ठाउँमा विद्युतीय तारबार लगाउने तयारी गरेको जिल्ला वन कार्यालयले जनाएको छ । खाता जैविकमार्गस्थित वन कार्यालयका सहायक वन अधिकृत सन्तोष चौधरीले १ किमि ८ सय मिटरमा तारबार लगाउने योजना रहेको बताए ।।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

गेरुवा गाउँपालिका र बर्दिया निकुञ्जले बाघको आतंक रोक्न १६ किमि क्षेत्रमा विद्युतीय तारबार लगाउने बताएका छन् । गेरुवाको एक करोड ८० लाख र निकुञ्जको ४१ लाख रुपैयाँ सहयोगमा तारबार गरिने प्रमुख प्रशासकीय अधिकृत काशीप्रसाद पंगेनीले बताए । आगामी असार महिनाभित्र तारबारको काम पूरा गर्ने लक्ष्य छ ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

Facebook Comments Box
error: Content is protected !!