भारतविरुद्ध जित निकाल्दै बंगलादेशले तोड्यो इतिहास

दिल्ली : बंगलादेशले टी–२० क्रिकेटमा भारतविरुद्ध पहिलो जित निकालेको छ । तीन टी–२० र २ टेस्ट खेल खेल्न भारत भ्रमणमा रहेको बंगलादेशले आइतबार भएको पहिलो टी–२० खेलमा भारतमाथि ७ विकेटको सानदार जित निकालेको हो। दिल्लीस्थित

अरुण जेट्ली स्टेडियममा भएको खेलमा बंगलादेशले टस जितेर भारतलाई पहिले ब्याटिङको निम्ता दिएको थियो । पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १४८ रन बनाएको थियो । १४९ रनको लक्ष्य पाएको बंगलादेशले १९.३ ओभरमा १५४ रन बनाउँदै ऐतिहासिक जित दर्ता गर्‍यो। कप्तान विरराट कोहलीका अनुपस्थितिमा रोहित शर्माको कप्तानीमा बंगलादेशविरुद्ध उत्रिएको भारतीय टोलीका लागि ओपनर शिखर धावनले सर्वाधिक ४१ रन बनाए । कप्तान रोहित शर्मा ९ रनमा आउट भए । धावनपछि ऋषव पन्तले २७, श्रेयस इयेरले २२ रनको योगदान गरे। बंगलादेशका अमिनुल इस्लाम र शाफिल इस्लामले भारतको २–२ विकेट लिए । अफिफ हसनले पनि ३ ओभरमा जम्मा ११ रन दिएर १ विकेट लिए।

मध्यम स्कोरको लक्ष्य पाएको बंगलादेशले राम्रो सुरुवात गर्न सकेको थिएन। पहिलो ओभरमै ८ रन हुँदा पहिलो विकेट गुमाएको थियो । ८औं ओभरमा ५४ रन हुँदा दोस्रो विकेट गुमाएको बंगलादेशका लागि सौम्य सरकार र मुष्फिकुर रहिमले तेस्रो विकेटका लागि ६० रनको साझेदारी गरेपछि जित सहज बनेको हो । रहिमले ४३ बलमा नट आउट ६० रन बनाए । सरकार ३९ रन बनाएर आउट भए।

बंगलादेशले हालसम्म भारतसँग ९ खेल टी–२० प्रतियोगिता खेल्दा पहिलो जित निकालेको हो । बंगलादेशले भारतसँग पहिलो टी–२० खेल ६ जुन २००९ मा खेलेको थियो । इङ्ल्याण्डमा भएको टी–२० विश्वकप अन्तर्गतको सो खेलमा भारत २५ रनले विजयी भएको थियो।

भारतसँग पहिलो भेट भएको करिब साँढे १० वर्षपछि बंगलादेश इतिहास तोड्न सफल भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!