माता सविता सरु शर्मा आचार्यले राजा र हिन्दु राष्ट्र नबनेसम्म मुलुकमा समृद्धि नआउने ठोकुवा गरेकी छिन् । एर्लाबारीमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले मुलुकमा विकास र समृद्धिका लागि राजाको आवश्यकता रहेको उल्लेख गरिन् । राजा, कांग्रेस र आर्मीबाहेकबाट मुलुकको विकास गर्न नसक्ने ठोकुवा गरिन् । माता सविताले अघोर बाबालाई आफूले नचिनेको भन्दै उनको विहेका बारेमा चासो नरहेको उल्लेख गरिन् । उनले आफू विवाह बन्धनमा बाँधिने सम्भावना नरहेको बताइन् । पूरा भिडियो हेर्नुहोस्
Facebook Comments