नेपालीलाई दुःख दिने मलेसियन प्रहरीमाथि अनुसन्धान गर्ने प्रहरी प्रमुखको घोषणा !

चोरीको आरोपमा नेपालीलाई दुःख दिने मलेसियन प्रहरीमाथि अनुसन्धान गर्ने प्रहरी महानिरीक्षक तनश्रीको घोषणा
काठमाण्डौ – चोरी गरेको आरोप लगाएर नेपाली सुरक्षा गार्डलाई आठ दिनसम्म थुनामा राख्ने मलेसियन प्रहरीमाथि अनुसन्धान हुने भएको छ । बुकिट अमन्स इन्टिग्रिटी एण्ड स्टयण्डर्ड कम्प्लियन्स डिपार्टमेन्ट (जेआईपीएस)ले चोरीको आरोपमा दुईजना नेपाली सुरक्षा गार्डलाई दुःख दिने प्रहरीमाथि नै जाँच गर्न लागेको त्यहाँको स्थानीय अनलाइन ‘द स्टार’ले जनाएको छ । अक्टोबर १६ मा सेरेबान नजिकै नेग्रि सेम्बिलन हाउजिङ स्टेटमा चोरी भएको थियो । त्यहाँको प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा दुई जना नेपाली सुरक्षा गार्डलाई थुनामा राखेको थियो ।

प्रहरी महानिरीक्षक तनश्री अब्दुल हमिद बदोरले यदि यो घटना भएको भए त्यसमा संलग्न प्रहरी विरुद्ध नै कारबाही हुने बताउनुभएको छ । ‘यदि यो सत्य हो भने, म पक्कै पनि त्यसमा संलग्न व्यक्तिलाई कारबाही गरेरै छाड्नेछु’, उहाँले भन्नुभयो, ‘मैले घ’टनामाथि तत्कालै अनुसन्धान गर्न जेआईपीएसलाई निर्देशन दिइसकेको छु ।’ मलेसियाकिनी पत्रिकामा पत्रकार आर नदेश्वरनले चोरीमा संलग्न रहेको आरोपमा ३७ र ४० वर्षका दुईजना नेपाली सुरक्षा गार्ड प’क्राउ परेको भन्दै समाचार छापेका थिए । समाचारमा उल्लेख भएअनुसार अक्टोबर २१ तारिखमा प्रहरीले प’क्राउ गर्दा उनीहरुको रोजागारदाता त्यहाँ थिएनन् ।


मलेसियन प्रहरी महानिरीक्षक तनश्री
नादेश्वरनले अक्टोबर १६ तारिखमा चोरी भएको तर प्रहरीले तीन दिनपछि अक्टोबर १९ मा मात्र रिपोर्ट गरेको भनेर लेखेका छन् । नादेश्वरनका अनुसार रोजगारदाता र नेपाली दूतावासका अधिकारी अक्टोबर २४ तारिखमा प’क्राउ परेका सु’रक्षा गार्डको पासपोर्ट बुझाउन प्रहरी चौकी पुगेका थिए । तर उनीहरुसँग प’क्राउ परेकाहरुलाई अन्तैको कारागारमा पठाइएको भनिएको थियो ।नादेश्वरनका अनुसार ती दुईजना सु’रक्षा गा’र्डलाई तिहारमा समेत गरेर आठ दिनसम्म बिना का’रण का’रागारमा थुनेर बुधबारका दिन बिना श’र्त रिहा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!