सुनकोशीमा डुबेको बस तानेर बाहिर निकालियो हेर्नुहोस भिडियो

1 min read

सिन्धुपाल्चोक : चौतारा साँगाचोकगढी नगरपालिका–९ सुनकोशी नदीमा खसेको यात्रुवाहक बस तानेर बाहिर निकालिएको छ। दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बस नदीमा खसेपछि तत्कालै उद्धार थालिएको थियो। बस खसेको देखेपछि र्‍याफ्टिङ गरेर फर्किएकाहरु बोटसहित उद्धारमा जुटेका थिए। उनीहरुले बस खसेपछि सुनकोशीले बगाउँदै गरेका केही यात्रुलाई पनि उद्धार गर्न सफल भएका छन्। नदीमा डुबेको बसलाई टुचिङले तानेपछि किनारमा निकालिएको छ।

उद्धारका क्रममा केही श’व बगाएको प्रत्यक्षदर्शीले बताएका छन्। बा२ख ७२४५ को बस सुनकोशीमा खसेको डिएसपी माधव काफ्लेले जानकारी दिएका छन्। अहिलेसम्म ५ जनाको श’व झिकिएको छ। करिब ८–९ ज’ना घा’इतेको उपचारको लागि धुलिखेल र खाडीचौर अस्पतालमा लगिएको डिएसपी काफ्लेले बताए। बसमा ३५ देखि ४० जना सवार रहेको अनुमाले गर्दा १२ भन्दा बढीको मृ’त्यु भएको हु’नस’क्ने अनुमान प्रहरीले गरेको छ।

दोलखाबाट आएको बसका मृ’तकको सनाखत हुन सकेको छैन। श’व खोलाबाट निकाल्ने क्रम जा’री छ। बस नदीमा पूरै डु’बेको हुनाले सुरुमा उद्धारमा स’मस्या भएको थियो। नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी, र्‍या’फ्टिङ गर्न गएका युवा र स्थानीयको सक्रियतमा उद्दार भइरहेको छ । मृ’तकको सं’ख्या अझै बढ्न सक्ने अनुमान रहेको छ।

Facebook Comments
error: Content is protected !!