लम्कीमा बस र ट्रक एकआपसमा ठोक्किदा तीन जना घा’ईते

कैलालीमा बस र ट्रक एकआपसमा ठोक्किदा तीन जना घा’ईते भएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्वर ३ चिसापानी नजिक भे १ क ५९३ नम्वर मिनि ट्रक र विपरित दिशातर्फ गईरहेको ना ५ ख ३९९३ नम्वरको बस एकआपसकमा ठोक्किदा तीन जना घा’ईते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्वर ६ का ३८ बर्षीय राजाराम डगौरा, ४८ बर्षीय बवकिया डगौरा र ४ बर्षका असन चौधरी घाईते भएका हुन्। उनीहरुको स्थानीय मेडिकलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकास कार्कीले बताए। बस, ट्रक र दुवै जना चालकलाई ईलाका प्रहरी कार्यालय चिसापानीले नि’यन्त्रणमा लिएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!