टीकापुरमा न’ष्ट गरियो १० हजार प’टका !

1 min read

टिकापुर : ८ कार्तिक । इलाका प्रहरी कार्यालय, टीकापुरले १० हजारभन्दा बढी पटका नष्ट गरेको छ। इलाका प्रहरी कार्यालय र मातहतका चौकीले ३ लाख ७५ हजार मूल्य बराबरका पटका बरामद गरेको हो। बुधबार र बिहीबार नि’यन्त्रणमा लिइएको पटका प्रहरी चौकी सत्ती कैलालीको परिसरमा शुक्रबार न’ष्ट गरिएको टीकापुरका प्रहरी नायव उपरीक्षक मनोहर भट्टले जानकारी दिए।

प्रहरीले सुतली पटका ३४४थान, चादनी मिरमिरे १२०० थान, रकेट पटका १८०० थान, मास रेड पटका ११०० थान, फुजी ग्रिन पटका ८५० थान, मिनी बु’लेट ६०० थान, क्यान रोयल कस ११६३ थान, ट्रयाङगल फा’यर ९५० थान बरामद गरेको थियो। यस्तै, टिटानी फायर ६०० थान, र’केट बुम्स १४०० थान, कछुवा छाप ४७० थान र मुर्गी छाप पटका ११० बन्डल नष्ट गरिएको छ।

Facebook Comments
error: Content is protected !!