भद्रगोल’ र ‘सक्किगोनि’ टिम बिचको विवाद सल्टियो, यी कुरामा सहमति भयो !

1 min read

कार्तिक ८, काठमाडौं । हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’ र ‘सक्किगोनि’ टिम बिचको विवाद टुंगिएको छ । दुई टिम बिचको सहमतिमा विवाद टुंगिएको हो । आर्थिक कारोबार नमिलेपछि मिडिया हबसँग छुट्टीएर निर्देशक जिग्री र पाँडेले उही टिम, उही थिम र उही क्यारेक्टरमा ‘सक्किगोनि’ निर्माण गरेका थिए । पुरानो भद्रगोलकै क्यारेक्टर तथा टिम देखिएपछि आफूलाई अप्ठेरो परेको भन्दै मिडिया हबका प्रमुख सोमप्रसाद धितालले प्रहरीमा उजुरी दर्ता गरेका थिए । पुरानो क्यारेक्टर ‘सक्किगोनी’ मा प्रयोग गर्न रोक्नुपर्ने उनको माग थियो ।

यस सम्बन्धमा ‘सक्किगोनि’ का निर्देशक कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ ले भद्रगोलका सबै क्यारेक्टर मिडिया हबले नभएर आफूहरुले जन्माएको भन्दै त्यसमा मिडिया हबले दावी गर्न नमिल्ने प्रतिक्रिया दिएका थिए । अहिले भने विभिन्न सहमतिमा विवाद सल्टिएको जिग्रीले जानकारी दिएका छन् । उनले भने, ‘पछिल्लो समय मिडिया हब प्रालि र सक्किगोनि बिच उत्पन्न विवाद दुबै पक्ष बसी आपसी समझदारीमा टुंगोमा पुर्याइएको छ । कलाकार र सर्जकको मिडिया हबले सम्मान गर्ने र सर्जक कलाकारले पनि मिडिया हबको योगदान र सहयोगलाई सम्मान गर्दै अगाडि बढ्ने प्रतिबद्धता भएको छ’, उनले भने । पछिल्लो समयमा उत्पन्न विवादित विषय यहिँ टुंगिएको र आगामी दिनमा यो विषय दुबै पक्षले नउठाउने सहमती भएको उनको भनाइ छ ।

Facebook Comments
error: Content is protected !!