सडक निर्माणमा अवरोध गर्ने स्थानीयलाई डोजर चलाएर हु’त्याइदियो ड्राइभरले, आठ घा’इते २ को अवस्था ग’म्भीर !

सडक निर्माणका विषयमा बैतडीमा वि’वाद हुँदा सडक खनिरहेको डोजरबाट आ क्रमण हुँदा आठ जना घाइते भएका छन् । घा’इतेमध्ये दुई जनाको अवस्था ग’म्भीर रहेको छ । दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा कच्ची सडक निर्माणका विषयमा वि’वाद भएपछि डोजर चालकले डोजरमार्फत आ’क्रमण गर्दा स्थानीय गौरा जोशी र सुरेशप्रसाद जोशी गम्भीर घा’इते भएका हुन् । घा’इतेमध्ये गौरा अ’चेत छिन् । गौरालाई चालकले डोजरको बकेटले आ’क्रमण गरेको भिडियोमा देखिन्छ । ग’म्भीर घा’इते दुवै जनालाई उ’पचारका लागि जिल्ला अस्पताल बैतडी लगिएकोमा त्यहाँ उ’पचार हुन नसकेपछि कोहलपुर रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार घ’टनामा अन्य ८ जना घा’इते भएका छन् । स्थानीयवासी सुरेन्द्रप्रसाद जोशी, नारायण जोशी, सन्तोष जोशी, पुष्कर जोशी, दिनेश जोशी, भोजराज जोशी र धर्मानन्द जोशी घा’इते भएका छन् । सुण्नाखानदेखि पार्ससम्मको सडक निर्माणका विषयमा दुई पक्षबीच कुराकानी नमिल्दा झ’डप भएको थियो । सडक लैजान नदिने र सडक लैजानुपर्छ भन्ने पक्षबीच वि’वाद हुँदा झ’डप भएको प्रहरीले जनाएको छ । आफूहरुले सडक निर्माणका लागि सहमति गर्न खोजेपछि निर्माण पक्षले ज बर्ज स्ती आफूहरुको जमीनमा डोजर चलाएको स्थानीय हंसराज जोशीले जानकारी दिनुभयो ।

सडक निर्माण हुने ठाउँमा देवताको गुठीको जमीन पर्ने र यो विषयमा सबै गाउँलेसँग सहमति गरेर अघि बढ्ने भने पनि निर्माण पक्षले जबर्जस्ती गरेको उहाँले बताउनुभयो । सुण्न्नाखानदेखि पार्ससम्म जोड्ने सडकका विषयमा पहिलादेखि विवाद रहेको र आज आफूहरुको जमीनमा डो’जर चलाउँदा झ’डपको स्थिति आएको स्थानीय दुर्गादत्त जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आफूहरुको जमीनमा ज बर्ज स्ती डोजर चलाएर लैजान खोजेको र स्थानीय गौरा जोशीलाई डो’जरले फालेपछि झ’डपको स्थिति आएको हो ।” तर सडक निर्माण गरिरहेको पक्षले भने सडक खन्दा एक्कासि आएर डोजरमा ढु’ङ्गामुढा गरेपछि झ’डपको स्थिति आएको बताएको छ ।

आफूहरुले सडक निर्माण गरिरहेको र एक्कासि डो’जरमा ढु’ङ्गा’मुढा गर्दा झ’डप भएको सडक निर्माण समितिका अध्यक्ष केशवदत्त जोशीले जानकारी दिनुभयो । पार्ससम्म जोड्ने अर्को सडक पनि का’ट्ने काम भइरहेकाले गाउँलेहरु दुवै समूहमा विभाजन हुँदा झ’डप भएको प्रहरीले जनाएको छ । स्थानीयवासीको ढु’ङ्गामु’ढाले डोजरको सीसा फुटेको प्रहरीले जनाएको छ । ग्वाल्लेकमा निर्माण भइरहेको सडकका विषयमा दुवै पक्षबीच पहिलादेखि वि’वाद रहेको र आफूहरुले मिलेर जान आग्रह गरिरहेको भए पनि एक्कासि झ’डप भएको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताउनुभयो । सडक निर्माणका विषयमा भएको विवादका बारेमा दुवै पक्षसँग छलफल गरेर टुङ्गोमा पुग्ने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो ।

डोजर चालकसहित चार प’क्राउ
सडक निर्माणका विषयमा गाउँलेबीच विवाद हुँदा डोजरले एक स्थानीय महिलालाई हु’त्याउने डोजर चालक प’क्राउ परेका छन् । डोजर चालकले महिलालाई डो’जरले हु’त्याएको भिडियो सार्वजनिक भएपछि दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंका किशोर बोहरालाई नियन्त्रणामा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो । बोहरामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसका साथै अन्य तीन जनालाई पनि पक्राउ गरी अनुसन्धान थालिएको छ । झ’डप गर्ने दुवै पक्षका गरी अन्य तीन जना पनि प’क्राउ गरिएको भए पनि नाम भने खुलाइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!