आज यति धेरै घट्यो सुनको मुल्य

काठमाडौं । साताको तेस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई सयले घटेको छ । हिजो ७० हजार ४ सय प्रतितोलामा कारोबार भएको सुन आज २ सयले घटेर ७० हजार २ सयमा पुगेको हो । आजका लागि तेजाबी सुनको मूल्य प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कायम भएको छ । अर्को तिर चाँदीको मूल्य प्रतितोला ८ सय ५० रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा तलमाथी हुँदा नेपाली बजारमा पनि त्यसको असर परेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!