हाँस्यसिरियल सक्किगोनि विरुद्ध मिडिया हबले हाल्यो प्रहरीमा उजुरी

1 min read

काठमाडौँ । ‘भद्रगोल’ का मुख्य पात्र बनेर काम गरेका ‘पाँडे’ र ‘जिग्री’को नयाँ हाँस्य सिरियल सक्किगोनीको चर्चा चुलीएका बेला यो जोडीलाई फेरी अर्को तनाव आइपरेको छ । नेपाल टेलिभिजनबाट अघिल्लो महिनादेखि मात्रै प्रसारणमा आएको हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध मिडिया हवले प्रहरीमा कपिराइटको उजुरी गरेको हो । यसअघि मिडिया अव अन्र्तगतबाट प्रसारण्मा आएको भद्रगोलमा प्रयोग भएको जिग्री र पाँडे क्यारेैक्टर अहिले जेपिटी क्रियसनमार्फत निर्माण भएको हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध मिडिया हवले क्यारेक्टरहरु नक्कल गरेको आरोप लगाउदै कपिराइटको उजुरी परेपछि जिग्री र पाँडे अहिले कानुनी उपचार खोज्नमा ब्यस्त छन् ।

मिडिया हवका प्रमुख सोमप्रसाद धितालका अनुसार टेलिश्रृंखला ‘भद्रगोल’ का चरित्रहरु अर्को टेलिश्रृंखलामा प्रयोग गर्दा आफूहरुलाई अफ्ठ्यारो परेकोले कानुनी उपचार खोज्नका लागी उजुरी गरिएको हो । यसअघि हास्य टेलिश्रृंखला ‘भद्रगोल’ को निर्देशन गरिरहेका घिमिरे र कट्टेलले भद्रगोल उत्पादन गर्ने र प्रसारण गराउने कम्पनी, मिडिया हब र आफूहरुबीच सहमति हुन् नसक्दा टेलिश्रृंखलाबाट बाहिरिएको जानकारी गराउदै हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ निर्माण गरेर चर्चामा आएका बेला परेको उजुरीको समाधानका लागी अहिले मििडया हवको टिम र हास्य टेलिश्रृंखला ‘सक्किगोनी’को निर्देशन गरेका उनीसहित कुमार कट्टेललाई महानगरीय प्रहरी परिसर टेकुले छलफलका लागि बोलाएको प्रहरी स्रोतले जनाएको छ ।

Facebook Comments
error: Content is protected !!