फेसबुक चलाएर बस्ने विमानास्थलका कर्मचारीलाई का*रवाही हुन्छ, चलाउनेको फोटो संकलन भइसक्योः पर्यटनमन्त्री भट्टराई

1 min read

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन विमानस्थलका कर्मचारीहरुलाई कार्यालय समयमा मोबाइल फोनमा समेत संवाद नगर्न सचेत गराएका छन् ।मन्त्री भट्टराईले अख्तियार दूरुपयोग अनुसन्धान आयोगलगायतका निकायको छानबिनमा रहेका सो विमानस्थलका कर्मचारीलाई तत्काल ह-टाउने चेतावनी पनि दिए।‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरुको सकारात्मक सोच’ विषयक प्रशिक्षण तालिमको आइतबार काठमाडौँमा उद्घाटन गर्दै उनले कुनै पनि दाग लागेका कर्मचारीहरुलाई सो विमानस्थलमा नराख्ने स्पष्ट पारे । मन्त्री भट्टराईले कार्यालय समयमा नि*दाउने, फेसबुक चलाएर बस्ने कर्मचारीहरुको तस्बिर आफूले संकलन गरेको उल्लेख गर्दै उनीहरुमाथि का*रबाही गर्न पनि विमानस्थलका नेतृत्वलाई क*डा निर्देशन दिए ।

सो विमानस्थलका अनुशासनहिन कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन सिसिटिभी क्यामेराको थप व्यवस्था गर्ने पनि मन्त्री भट्टराईको योजना छ । मन्त्री भट्टराईले सो विमानस्थल मुलुकको ई*ज्जतसँग जोडिएकाले पनि यसका कर्मचारीहरु बढि अनुशासित हुनुपर्ने पनि बताए ।मन्त्री भट्टराईले सेवाग्राहीहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारीहरुको व्यवहारप्रति नकारात्मक टिप्पणी गर्ने गरेकाले सरकारले त्यसमा सुधार ल्याउन सो प्रशिक्षण कार्यक्रम सुरु गरिएको पनि स्पष्ट पारे ।उनले ६ दिनसम्म चल्ने सो प्रशिक्षण कार्यक्रमले त्यहाँ कार्यरत कर्मचारीहरुको काम गर्ने शैलीमा पनि सुधार आउने विश्वास व्यक्त गरे । प्रशिक्षण कार्यक्रममा सो विमानस्थलका कर्मचारी र त्यहाँ खटिएका सुरक्षाकर्मीहरु सहभागी भएका छन् ।

प्रभु मनि ट्रान्सफरबाट पठाएको रकम प्राप्त गर्ने ग्राहकलाई सिजीका सामानमा विशेष छुट
काठमाडौं– रकम पठाउने र प्राप्त गर्ने रेमिटान्स कम्पनी प्रभु मनि ट्रान्सफरले विदेशबाट तथा नेपालभित्र पठाएको रकम प्राप्त गर्ने ग्राहकहरुलायृ सिजीका सामान किन्दा विशेष छुट दिने भएको छ । प्रभु मनि ट्रान्सफरले सिजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा आफ्ना ग्राहकहरुलाई सिजी इलेक्ट्रोनिक्सका विभिन्न ब्राण्डहरु एलजी, सिजी, गोद्रेज, टिसीएल आदि इत्यादि सामानहरुमा आकर्षक छुट प्राप्त गर्न सकिने व्यवस्था रहेको छ । यसबाट नेपालभित्र तथा बाहिरका ग्राहकहरुलाई प्रत्यक्ष फाइदा हुनेछ ।
आफ्ना ग्राहकहरुलाई पूर्ण सुविधा दिँदै आएको कम्पनीले आफ्नो सुविधाको क्षेत्र विस्तार गर्दै जाने र ग्राहकको सन्तुष्टिलाई मध्यनजर गर्दै कम्पनीले यो व्यवस्था ल्याएको हो । यस अन्र्तगत कुनै पनि ग्राहकले प्रभु मनि ट्रान्सफरको जुनसुकै शाखाबाट रकम प्राप्त गर्दा दिईने रसिद लिएर सिजी इलेक्ट्रोनिक्सका कुनै पनि शोरुमहरु सिजी डिजिटल तथा एलजी लाईफस्टाइल सपबाट टिभी, फ्रिज, वासिङ्ग मेशिन तथा अन्य घरायसी सामाग्रीहरु खरिद गर्दा आकर्षक छुट प्राप्तगर्न सक्नेछन् । यो योजना सिमित अवधिको लागि मात्र लागुहुनेछ ।

Facebook Comments
error: Content is protected !!