धर्म कर्ममा मोडल : एलिशा राई

लिशा राई, नेपाली कला क्षेत्रमा चर्चित नाम हो । सन् १९९६ जनवरी ५ मा जन्मिएकी एलिशालाई नेपाली कला क्षेत्रमा निकै नै रुचाईएको छ । उनले अभिनय गरेका चलचित्रदेखि म्यूजिक भिडियोहरु निकै नै चर्चामा छन् । ५ फिट २ ईञ्च अग्ली एलिशाले आफुलाई कलाकार, नृत्याङ्गना र मोडलका रुपमा आफुलाई चिनाउन सफल भएकी छिन् । हाल काठमाडौँमा बसोबास गर्दै आएकी उनले राई भाषाको चलचित्र ‘बिनायो’ मार्फत कलाकारिता क्षेत्रमा प्रवेश गरेका हुन् ।

उनले युनाईटेड ट्यालेन्ट हन्ट २०१५ को उपाधि समेत जितेकी छिन् । चलचित्र ‘लुट २’ मा अभिनय गरेसँगै उनको चर्चा चुलियो । चलचित्रको ‘ठमेल बजार’ बोलको गीतले उनलाई थप उचाई प्राप्त गर्न सहज तुल्यायो । गायन र नृत्यमा रुचि राख्ने एलिशा यो कुरा गोप्य, भुन्टी लगायतका कयौँ म्यूजिक भिडियोहरु चर्चामा छन् । काठमाडौँमा जन्मिएकी उनी काठमाडौँको कपन बुढानिलकण्ठवासी हुन् । उनले युनाईटेड एकेडेमी ललितपुर र कान्तिपुर इङ्गलिस हाई स्कुलमा अध्ययन गरेकी हुन् । उनी आफ्ना आमाबुवाका एक्ली सन्तान हुन् । तस्बिरहरु–एलिशाको फेसबुक प्रोफाईलबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!