अहिलेका नेताहरुमा न हृदय छ, न भिजन छ” – पूर्वराष्ट्रपति रामवरण यादव

1 min read

गिरिजा प्रसाद कोइराला फाउण्डेशनले आज (आइतबार) राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति रामवरण यादवले राजनीतिक नेतृत्वमा दीर्घकालिन सोच र दृष्टिकोण नभएको टिप्पणी गरेका छन् । यादवले स्वर्गीय गिरिजा प्रसाद कोइरालामा जस्तो अहिलेका नेतामा मुलुक बनाउने दृष्टिकोण नभएको बताएका छन् ।तात्कालिन शसस्त्र द्वन्द्वको अन्त्यसँगै शान्ति प्रक्रिया र लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने सवालमा स्वर्गीय कोइरालाले स्पष्ट दृष्टिकोण राखेकाले स्वदेशी र छिमेकी राष्ट्रको पनि साथ र सहयोग प्राप्त भएको भन्दै उनले वर्तमान नेतामा भने ‘भिजन’ नै स्पष्ट नभएको टिप्पणी गरेका छन् ।

उनले भने, “अहिलेका नेताहरुमा न हृदय छ । न भिजन छ ।” पूर्वराष्ट्रपति यादवले शान्ति प्रक्रिया, गणतन्त्र स्थापना , राष्ट्रियता र प्रजातन्त्रमा स्वर्गीय कोइरालाको योगदान अतुलनिय रहेको बताएका छन् ।कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले राजनीतिक विकासक्रमसँगै विकास निर्माण, मेडिकल कलेजको विस्तार तथा समग्र शिक्षा प्रणालीमा गिरिजा प्रसाद कोइरालाको योगदान महत्वपूर्ण रहेको बताएका छन् । कार्यक्रममा नेताहरु शेखर कोइराला, डाक्टर रामशरण महत, सुजता कोइराला लगायतले स्वर्गीय कोइरालाको योगदानको चर्चा गरेका थिए ।

Facebook Comments
error: Content is protected !!