काठमाडौँ। नेपालीमा नमस्ते भन्दै सम्बोधन सुरू गरेका सीले अन्त्यमा गिलास उठाउँदै भनेका थिए -चियर्स। ग्याम्बे! त्यसपछि भोजमा सहभागी सबैले पेय पदार्थका गिलास उठाए। राष्ट्रपति भण्डारीले पनि गिलास उठाइन्। सी र भण्डारीले गिलास आपसमा ठोकेर चियर्स गरे। चियर्स गरेको उक्त तस्बिर सामाजिक संजालमा भाइरल छ। राष्ट्रपति सीको गिलास समकक्षी भण्डारीको भन्दा तल छ। सीले त्यसरी गिलास तल पार्नुको अर्थ छ। त्यसमा उनको विनम्रता झल्किन्छ।
नेपालकि राष्ट्रपति विद्यादेवि भण्डारीले स्वागतकालागि चिनियाँ राष्ट्रपति सि चिनपिङलाई दिएको रात्रिभोजमा प्रयोग भएको पिय पदार्थको गिलास समाजिक संजालमा चर्चाको विषय बनेको छ । रोगास्का क्रिस्टल लिबर्टी नामको उक्त वाइन गिलासको जोडि मुल्य ५० डलर अर्थात् ५ हजार रुपैँया रहेको छ । दोश्रो किस्सा भने राष्ट्रपति भण्डारीको समात्ने तरिका रहेको छ । उनले सिसँग चियर्स गर्दा ग्लास समातेको तरिकाका बारेमा खिल्ली उडाइएको छ । उनले वाइन गिलास तल समात्नु पर्नेमा माथीनै समातेकि थिइन् ।
त्यसैगरि, राष्ट्रपति सीले भण्डारीसँग गिलास ठोकाउँदा सीको गिलास समकक्षी भण्डारीको भन्दा तल रहेको विषयलाई पनि समाजिक संजालमा चर्चा भएको छ । सीले गिलास तल पारेर विनम्रता देखाएका छन् । किनभन्, चिनियाँ समाजमा गिलास तलमाथि हुनुको ठूलो अर्थ हुन्छ । चिनियाँहरु आफूभन्दा ठूला वा सत्कार गर्नुपर्ने व्यक्तिसँग गिलास ठोक्काउँदा आफ्नो गिलास अलिकति तल झुकाउने गर्दछन् । सीले देखाएको विनम्रतालाई सबैले प्रशंसा गरेका छन् । विश्वकै शक्तिशालि व्यक्ति भएर पनि नेपाल जस्तो अल्प विकसित देशका राष्ट्रपतिप्रति सीले देखाएको विनम्रतामा धेरैले, ‘फलेको वृक्षको हाँगा नझुकेको कहाँ छ ’ भन्दै प्रतिक्रिया जनाएका छन् ।
चिनियाँ राष्ट्रपतिलाई बिदाई गरेपछि प्रधानमन्त्रीले भने ‘भ्रमण भव्य रुपमा सम्पन्न भयो’
प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको बताएका छन् । २ दिने राजकीय भ्रमण सकेर सी स्वदेश फर्किपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फ भ्रमण भव्य रुपमा सम्पन्न भएको बताएका हुन् । सामाजिक सञ्जाल ट्वीटरमा एउटा सन्देश लेख्दै प्रधानमन्त्री ओलीले ‘सी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको बताएका हुन् ।
सीको भ्रमणबाट नेपाल–चीनबीचको सम्बन्धले नयाँ उचाई र गतिशीलता प्राप्त गरेको पनि ओलीले दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो ट्वीटमा भनेका छन्– मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको छ । उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाई र गतिशीलता प्राप्त गरेको छ ।