गाडी दु’र्घटनामा मृ’त्यु भएकाका परिवारलाई पाँच लाख क्षतिपूर्ति दिइने !

1 min read

काभ्रे– यही असोज २४ गते महाभारत गाउँपालिका–२ थामबाट दशैँ मनाएर बनेपातर्फ आउँदै गर्दा रोशी गाउँपालिका–३ साँझाकोटमा निसान गाडी दु’र्घटना हुँदा मृ*त्यु भएका व्यक्तिका परिवारलाई रू पाँच/ पाँच लाख दिने आज सहमति भएपछि प’रीक्षणप’श्चात् आफन्तले श*व जिम्मा लिएका छन् । काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार मृ’तक दुई जनाको परिवारलाई क्ष’तिपू’र्तिबा*पत रू पाँच/पाँच लाख उपलब्ध गराउने, किरिया ख’र्चबापत पचास/पचास हजार दिने र घा’इतेको उ’पचार गरिदिने गा’डी धनी सुनिल थापा तथा मृ’तकका आफन्तबीच सहमति भएपछि आफन्तले श’व बुझेका थिए ।

किरिया खर्चबापतको पचास/पचास हजार रकम आज नै उपलब्ध गराइसकेको र क्षतिपूर्ति रकम १५ दिनभित्रमा दिने सहमति भएको प्रहरीले जनाएको छ । सो घ’टनामा परि सोही गाउँपालिकाको वडा नं २ अमलवासका वकिल बोम्जन र सोही ठाउँ घर भई हाल ललितपुर जिल्ला गोदावरी नगरपालिका बस्ने प्रकाश मोक्तानको मृ’त्यु भएको थियो । उक्त घ’टनामा परी ३२ जना घा’इते भएका र उनीहरुमध्ये केहीको उ’पचार भइरहेको तथा केही उ’पचारप’श्चात् घर फर्किसकेको उक्त गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए ।

Facebook Comments
error: Content is protected !!