सीले मलाई चीन भ्रमणको निम्तो दिनुभएको छ – देउवा

1 min read

काठमाडौं २६ असोज। चिनियाँ राष्ट्रपति सी चिनफिङले मलाई चीन भ्रमणको निम्तो दिनुभएको छ – देउवाआज (आइतबार) पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणलाई कांग्रेसले स्वागत गरेको बताएका छन् । साथै उक्ता कार्यक्रममा उनले चीन नेपालको पुरानो मित्र शक्ति भएको टिप्पणी गरेका छन् ।सीको भ्रमणलाई नेपाली कांग्रेसले स्वागत गरेको छ, चीनले विगतदेखि नै नेपाललाई सहयोग गर्दै आएको छ, भोलिको दिनमा पनि गरोस् भन्ने चाहना छ’ उनले भने । आफूसँगको भेटमा चिनियाँ राष्ट्रपति सीले चीन भ्रमणको निम्तो दिएको पनि देउवाले बताएका छन् । उनले भने, ‘उहाँले चीन भ्रमणको निम्तो दिनुभएको छ । मिलाएर आउँछु भनेको छु ।’

यो पनि पढ्नुहोस् – कांग्रेसको चियापान नेकपा नेताहरुको ओइरो
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विजया दशमी, दिपावली तथा छठको अवसरमा आईतबार चियापान कार्यक्रम गरेको छ। उक्त कार्यक्रममा सततारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरु प्राय सबै उपस्थित थिए।
केन्द्रीय कार्यालय सानेपामा भएको चियापान समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, पुर्वप्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, डाक्टर बाबुराम भट्टराई सहभागी भएका थिए।

त्यसैगरी उपप्रधानमन्त्री एंव रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, नेपाल कम्युनिष्ट पार्टीका नेता एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेताहरु सुवास नेम्वाङ्ग, अमृत बोहरा, देव गुरुङ्ग, राजपाका नेता महन्थ ठाकुर, पुर्व प्रधानसेनापति रुकमाङ्गगत कटवाल, विभिन्न दलका नेता कार्यकर्ताहरु, माअवधिकारकर्मी, संचारकर्मी लगायतको उपस्थिति थियो।
चियापान समारोहमा विभिन्न पेशागत संघसंस्थाका पदाधिकारी, बुद्धिजीवीहरु, नागरिक समाजका अगुवा, गैह्र आवासीय नेपालीहरु, विशिष्ट महानुभावहरु पनि बाक्लो उपस्थित थियो।

नेपाली कांग्रेसका विभिन्न भातृ संगठनका पदाधिकारी र शुभेच्छुकहरुको उल्लेख्य उपस्थिति थियो। चियापानमा खाने परिकारमा जेरी, समोसा, निम्की र चिया राखिएको थियो। २०३३ सालमा स्वर्गीय विपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले २०३४ सालदेखि हरेक वर्ष कोजाग्रहत पूर्णिमाका दिन चियापान कार्यक्रम गर्दै आएको छ।नागरिकबाट

Facebook Comments
error: Content is protected !!