दुई तिहाईको कुरै नगरौं कांग्रेससँग सहकार्य हुन् सक्छ प्रचण्ड !

1 min read

कांग्रेसको चियापानमा प्रचण्डले भने–दुई तिहाईको कुरै नगरौं कांग्रेससँग सहकार्य हुन् सक्छ !
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग फेरि सहकार्य हुनसक्ने बताएका छन् ।
कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन पुगेका अध्यक्ष प्रचण्डले विगतमा पनि कांग्रेससँग सहकार्य भएको भन्दै अब पनि हुनसक्ने औल्याए । उनले भने, ‘कांग्रेसको कार्यक्रममा आउँदा आफ्नै पार्टीको कार्यक्रम जस्तो लाग्छ । विगत १२ बुँदे समझदारीदेखि शान्तिप्रक्रियामा आउँदा र सरकार चलाउँदा धेरै पटक सहकार्य भएको छ ।

निकट भविष्यमा पनि सहकार्य हुनसक्छ ।’ उनले राजनीतिक अवस्था कता जाने हो त्यो अनुसार अघि बढ्ने भन्दै भने, ‘हेर्दै जाउँ राजनीतिले कतातिर कोल्टे फेर्छ । त्यो अनुसार अघि बढ्नुपर्छ । ’ उनले कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रम दशैंको शुभकामनामात्र नभई समृद्ध राजनीति संस्कार रहेको बताए । कार्यक्रममा सहभागी सञ्चारकर्मीले दुई तिहाईको सरकारको नेतृत्व गरेको नेकपाले कांग्रेससँगको सहकार्य भनेको कस्तो भन्ने प्रश्न गर्दा प्रचण्डले भने, ‘अब दुई तिहाईको कुरै नगरौं ।’

Facebook Comments
error: Content is protected !!