ब्रेक फेल भएर यात्रु बोकेको मिनीट्रक दु’र्घटना हुँदा २८ जना घा’इते !

1 min read

उदयपुर (कटारी)- मदन भण्डारी लोकमार्गस्थित उदयपुरको कटारी नगरपालिका-५, भोर्लेमा आज मिनी ट्र’क दु’र्घटना हुँदा २८ जना घा’इते भएका छन्। घा’इतेमध्ये आधा दर्जन व्य’क्तिको अ’वस्था ग’म्भीर छ। रिस्कुबाट कटारीतर्फ जाँदै गरेको बा३ख ७३०१ नम्बरको मिनी ट्र’क करिब साढे ९ बजे दु’र्घनामा परेको थियो। २८ जना यात्रु बोकेको ट्रक ब्रेक फेल भएर दु’र्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।

घाइतेमध्ये २२ जना सामान्य र ६ जना गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। त्रियुगा नगरपालिका ५ का २७ वर्षीय लक्ष्मण खत्री, कटारी नगरपालिका-६, चुहाडेका २५ वर्षीय सुजाता राई, सोही नगरपालिका-९, लिम्पाटारका ३० वर्षीय प्रकाश सुर्खेती, इटहरी उपमहानगरपालिका-१० की २० वर्षीया विना विक, ३० वर्षीय कल्पना विक, ४४ वर्षीय खेचर विकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

खेचर विक र सुजाता राईको हात भाँचिएको छ भने विना, कल्पना, लक्ष्मण, प्रकाशको टाउको र अनुहारमा चो’ट लागेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर बुढामगरले बताए। उनीहरुलाई उपचारका लागि विराटनगर पठाइएको प्रहरीको भनाई छ। सा’मान्य घा’इतेको कटारीस्थित कटारी अ’स्पताल, आस्था अ’स्पताल र मोडल अ’स्पतालमा उ’पचार भइरहेको छ।

Facebook Comments
error: Content is protected !!