दशैं सकिनै लाग्दा सुनको मूल्यमा ओ’रालो लाग्यो , यस्तो छ आजको मुल्य !

1 min read

दशैं सकिनै लाग्दा सुनचाँदीको मूल्य पनि घट्न थालेको छ । साताको पहिलो दिन आइतबार सुन प्रतितोला तीन सय रुपैयाँले घटेको जनाईएको छ । तेजावी सुन पनि तोलामा ३ सय रुपैयाँले घटेर ६९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।गत शुक्रबार ७० हजार ४ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाला सुनको भाउ आइतबार तोलामा तीन सय रुपैयाँले घटेर ७० हजार १ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी भने गत शुक्रबारकै मूल्य प्रतितोला ८४५ रुपैयाँमा किनबेच भइरहेको छ ।

यो पनि पढ्नुस।  बिदाको दिन पनि देशैभरीका राजश्व कार्यालय र रकम संकलन गर्ने बैंक खुला
चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतमा सरकारले आइतबार सार्वजनिक बिदा दिए पनि देशैभरीका राजश्व कार्यालय तथा राजश्व रकम बुझाउने बैंक खुलै छन् । आर्थिक वर्षको पहिलो त्रैमासिकको अन्तिम समय भएकाले करदाताको सुविधाको लागि देशैभरीका राजश्व कार्यालय र सम्बन्धित बैंक खुला रहेको आन्तरिक राजश्व विभागले जनाएको छ । असोज १८ गतेदेखि दशैँ बिदा भएकाले कार्यालय बन्द भएको र अब पनि कार्यालय नखोल्दा सेवाग्राही मर्कामा पर्ने र राजश्व संकलनमै कमी आउन सक्ने भएकाले सार्वजनिक बिदाको दिन पनि कार्यालयले सेवा दिइएको विभागले जनाएको छ ।

Facebook Comments
error: Content is protected !!