सीको भ्रमणमा नेपाल र चीनबीच महत्वपूर्ण १२ परियोजनामा सम्झौता : सुदूरपश्चिमका कुनै पनि परेनन !

धनगडी । छिमेकी श’क्तिशा’ली राष्ट्र चीनका राष्ट्रपति सी चिनफिङ दुई दिने राजकीय भ्रमणका लागि शनिबार अपराह्न नेपाल आइपुगेका छन् । उनको भ्रमणका क्रममा नेपाल र चीनबीच महत्वपूर्ण १२ वटा परियोजनामा दुई देशबीच सम्झौता हुने तयारी गरिएको छ । १२ वटा परियोजनामा सुदूरपश्चिम प्रदेशको भने एउटा पनि परियोजना परेको छैन । चीन र नेपालसंग सरोकारित ठूला परियोजनाहरु सुदूरपश्चिम प्रदेशमा नभएका पनि होइनन् । तर, पनि यो प्रदेशको एउटा पनि परियोजना नसमेटिनु अत्यन्त दुःखद् र सुदूरपश्चिम प्रदेशवासीका लागि दुर्भाग्य रहेको कैलालीबाट प्रतिनिधित्व गर्ने संघीय सांसद् नारदमुनि रानाले बताए ।

‘मैले व्यक्तिगत रुपमा र सुदूरपश्चिम प्रदेश सरकारमार्फत पनि यो प्रदेशको एजेण्डाको बारेमा परराष्ट्र मन्त्रालयल र प्रधानमन्त्रीको सचिवालयलाई जानकारी गराएका थियौं’, उनले भने–‘तर, एउटा पनि योजना नपर्नु अ’त्यन्त दु’र्भाग्य हो ।’ सुदूरपश्चिम प्रदेशमा बझाङको उरै भ’ञ्ज्याङ वा दार्चुलाको तिङ्कर हुँदै ता’क्लाकोट व्यापारिक नाका खुलाउनु पर्ने माग हुँदै आएको छ । यसैगरी, पश्चिम सेती जलविद्युत आयोजना पनि रहेको छ । यो जलविद्युत आयोजनालाई चीनकै थ्री गर्जेज कम्पनीले बनाउने भनिए पनि त्यो कम्पनी अहिले पछाडि हटेको छ ।

उत्तर–दक्षिणमा व्यापारिक ‘कनेक्टीभिटी’ बढाउनका लागि सीको भ्रमण एउटा कोसे ढुङ्गा सावित हुन सक्ने बेला यो प्रदेशलाई उपेक्षा गरिएको सांसद् रानाको ठहर छ । ‘सडक, नाका, उर्जा लगायतमा अरु प्रदेश कुनै न कुनै रुपमा समेटिएको छ’, उनले भने–‘तर, सुदूरपश्चिमलाई किन छुटाइयो यसको ग’म्भीर स’मीक्षा हुन्छ ।’ ता’क्लाकोटलाई अन्तर्राष्ट्रिय व्यापारिक नाका बनाउन सके सुदूरपश्चिमको भा’ग्य र भविष्य दुवै च’म्किने बताइन्छ । तर, यो नाका खुलाउनका लागि ठोस कदम अगाडि बढाइएको पाइदैन ।

बझाङको चैनपुर–उरै भ’ञ्ज्याङ हुँदै वा दार्चुलाको व्यास–तिङ्कर हुँदै जुनसुकै बाटोबाट ताक्लाकोट नाका खुलाइए पनि त्यो उत्तर–दक्षिण छिमेकी राष्ट्र जोड्नका लागि सबैभन्दा छोटो रुट हुनेछ ।यद्यपि, तिङ्कर त्रिदेशीय नाका भएकाले बझाङको उरै भञ्ज्याङ अझ सहज हुने बताइएको छ । यसले दुई देशबीचको व्यापारलाई निकै सहज बनाउने कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गोपाल हमालको भनाइ छ । ‘सी भ्रमणमा आएको बेला कमसेकम ताक्लाकोट नाका खुलाउनका लागि नेपाल सरकारले पहल गर्नु पर्दछ’, उनले भने–‘नाकामात्रै खुलाइयो भने पनि प्रदेशको विकासमा ठूलो टेवा पुग्छ ।’

नाकासम्म सडक पुयाए समृद्धि
ब्यास गाउँपालिका–१ तिङ्करका ६१ वर्षीय पुरनसिँह तिङ्करीले नेपालतिरको बाटो भएर गाउँ आउतजावत नगरेको दुई दशक हुन थाल्यो । द्वन्द्वकाल अघिसम्म दार्चुला सदरमुकाम खलङ्गादेखि व्यासको तिङ्कर गाउँ जान नेपालकै बाटो भएर सजिलै पुगिन्थ्यो । प’ञ्चायतकालमा भारतीयले समेत प्रयोग गर्ने खलङ्गा–तिङ्कर गोरेटो बाटो द्व’न्द्वका’लीन समयदेखि नै अव’रुद्ध भएको छ । पञ्चायतकालमै निर्माण भएको बाटो देशमा स’ङ्कटकाल लागेदेखि सरकारले ध्यान गएको छैन् । सौका समुदायबाट पहिलो पटक राष्ट्रिय पञ्चायत सदस्य भएर सहायकमन्त्रीसमेत भएका बहादुरसिंह ऐतवालको पालामा दार्चुला–तिङ्कर घोरेटो बाटो बेनेको हो.

ब्यास गाउँपालिका–१ छा’ङरुका स्थानीयवासी ६५ वर्षीय जीतबहादुर बोहराले बताए । त्यसपछि बनेका सरकारको यो बाटो निर्माणतर्फ ध्यान गएको छैन् । देशमा बहुदल आएसँगै ब्या’स जोड्ने बाटो भत्कन शुरु गरेको थियो । बाटो म’र्मतका नाममा आउने रकम स्थानीय नेता कार्यकर्ताले अपचलन गरेको हुँदा पनि घोरेटो बाटो विस्तारै प्रयोगविहीन हुन थालेको छ । अहिले भारतले नदी किनारमा सडक बनाउँदा नेपालको बाटो ब’न्द भएको छ । ‘पञ्चायतकालमा भारतीय व्यापारी र कैलाश मानसरोवर जाने धार्मिक तीर्थ यात्रीसमेत नेपालको बाटो भएर आउँथे, अहिले बाटो नै छैन’, तिङ्करीले भने ।

पञ्चायतकालमै निर्माण भएको गोरेटो बाटो त अलपत्र नै पयो तर गणतन्त्र आएपछि निर्माण शुरु भएको दार्चुला तिङ्कर सडक पनि अलपत्रै छ । एघार वर्षअघि दार्चुला तिङ्कर हुँदै चीनको ताक्लाकोट जोड्ने सडक पछिल्लो समय ओझेलमा परेको छ । महाकाली करिडोरअन्तर्गत बजेट विनियोजन हुन थालेपछि दार्चुला–तिङ्कर सडक निर्माण ओझेलमा परेको हो । आर्थिक वर्ष २०६५÷६६ बाट दार्चुला–तिङ्कर सडकको रुपमा नामाकरण हुँदै शुरु भएको सडकले गति लिएको छैन् । अहिले यही सडकलाई महाकाली करिडोर नामाकरण गरिएको छ । महाकाली करिडोरअन्तर्गत सुदूरपश्चिमका चार जिल्ला कञ्चनपुरको ब्रह्मदेव, डडेल्धुरा, बैतडी हुँदै दार्चुला जोडिँदैछ ।

दार्चुला–तिङ्कर सडक निर्माणमा प्रगति भएको छैन् । दुई वर्षदेखि करिडोरअन्तर्गत डडेल्धुरा, बैतडी र दार्चुलाका केही ठाउँमा निर्माण कार्य भए पनि चीनसँग जोड्ने गरी निर्माण भएको काम भने प्रभावित भएको छ । तिङ्कर छुने गरी निर्माण हुनुपर्ने सडक अहिले बैतडी–डडेल्धुरा क्षेत्रमा मात्रै काम शुरु भएको छ । दार्चुला–तिङ्कर सडकअन्तर्गत ११ वर्षमा ३० किलोमिटरको साधारण ट्र्याक खुलाउने काम मात्रै भएको छ । ब्यासको सुनसेराभन्दा माथिल्लो क्षेत्रमा कामले गति लिएको छैन् । सडक निर्माणले गति नलिँदा ब्यासको तिङ्करसम्म गाडी गुडला र ब्यासको स्याउ तराई ढुवानी गर्ने सपना बुनेको व्यासी अहिले पनि निराश छन् ।

सुदूरपश्चिम प्रदेशकै चीनसँग नाका जोडिने छोटो मार्गको रुपमा रहेको दार्चुला–तिङ्कर सडक निर्माणको लागि पटक–पटक सरकारलाई दबाब दिँदै आएको सुदूरपश्चिम प्रदेशका प्रदेश सदस्य गेल्बुसिंह बोहराले बताए । हामीले शुरुदेखि नै दार्चुलाबाट तिब्बत जोड्ने गरी छोटो मार्गको रुपमा दार्चुला–तिङ्कर सडकको निर्माण गर्नुपर्नेमा जोड दिँदै आएका छांै, बोहराले भने । यो मार्ग हुँदै नाका खोले नेपाल भारत र चीनसँगको व्यापारमा सहज हुने छ । यतिमात्र हैन, दार्चुला–तिङ्कर सडक भएर कैलाश मानसरोवर जाने धार्मिक यात्रुलाई पनि सहज बाटो हुने बोहराको भनाइ छ ।

पछिल्लो समय परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसद्मा दार्चुलाको तिङ्कर नाका चीनसँग जोड्ने गरी काम हुने बताए पनि यो वर्षको बजेट पनि पर्याप्तरुपमा विनियोजन भएको छैन् । करिडोरकै लागि रु ३० करोड बजेट आउने गरेको छ । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्र’मणको क्रममा यो ना’काले प्राथमिकता पाउनुपर्ने बताउँछन् जिल्ला समन्वय समिति प्रमुख करवीरबहादुर कार्की । ‘चीनसँग सीमा जोडिएको क्षेत्रको जिल्ला भएको हिसाबले दार्चुलाको तिङ्कर हुँदै चीन जोड्ने सडकको कुरा भ्रमणका क्रममा प्राथमिकता साथ उठ्नुपर्छ,’ कार्कीले भने ।

‘त्रिदेशीय सीमा भएका का’रण पनि यो सडकको म’हत्व छ’, उनले भने । एघार वर्षसम्म गति नलिएको सडकलाई सरकारले समेत चासोका साथ काम अघि बढाउनुपर्नेमा उनको सु’झाव छ । अहिलेको समयमा ति’ङ्कर सडकको कुरा उठाउन सके सुदूरपश्चिमको व्यापारिक, धार्मिक र पर्यटकीय मार्गको रुपमा विकास गर्न सकिने उनको भनाइ छ । महाकाली करिडोरअन्तर्गत पर्ने दार्चुला–तिङ्कर सडकको साधारण बाटो गत वर्ष ब्या’स गाउँपालिकाको सुनसेरासम्म खोलिएको छ । गतवर्ष सुनसेरासम्म गाडी पुयाइएको भएपनि अहिले यो सडकले ब्यास गाउँपालिका वडा नं ४, ५ र ६ को सीमा जोडेको छ ।

सडक निर्माणलाई प्राथमिकता दिने हो भने ब्यास क्षेत्रमा महाकाली नदीमाथि बनाइएका तुइनसमेत विस्थापित हुनेछन् । तिङ्करसम्म गाडी पुयाउन सके दार्चुलासहित सुदूरपश्चिम प्रदेशकै धार्मिक, व्यापारिक र आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । निर्माण व्यवसायीबाट काम गराउँदा राष्ट्रिय प्राथमिकताको तिङ्कर सडक निर्माणमा ढिलासुस्ती हुने भन्दै प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले पटक–पटक नेपाली सेनालाई जिम्मेवारी दिन आग्रह समेत गरेका छन् । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र तिङ्कर ४२५ किलोमिटर छ । यस्तै सदरमुकाम खलङ्गादेखि तिङ्करको एक नम्बर पिलरसम्म १३५ किलोमिटर दुरीमा पर्छ ।

निर्माणाधीन रहेको दार्चुला–तिङ्कर सडकको हालसम्म ६० किलोमिटरसम्म मात्रै बोलपत्र आह्वान गरिएको छ । ब्यास–२ को दुम्लीङभन्दा माथि ठेक्का नै नलागेको दार्चुला–तिङ्कर सडक योजनाका इञ्जिनीयर दिनेश रैखोलाले बताए । हालको ब्यास गाउँपालिका–१ को छागरु र तिङ्कर गाउँसम्म मात्रै सडकको पहुँच पुयाउने हो भने चीनसँगको व्यापारमा सीधा सम्पर्क हुने स्थानीयवासी बताउँछन् । दुई दशक अघिसम्म निरन्तर चीनसँगको हुँदै आएको व्यापार पुनः शुरु गर्नको लागि दार्चुला–तिङ्कर सडक निर्माण कार्यलाई अहिले प्राथमिकता दिनुपर्ने स्थानीयवासी जीतसिंह बोहरा बताउँछन् ।

दार्चुला–तिङ्कर सडक निर्माणमा ढिलाइले ब्यासमा फल्ने स्याउ भारतमा बिक्री हुन्छ । बोहराले भने–‘नेपालतिर सडक निर्माण होला भनेरै १० वर्ष अघिबाट स्याउ खेती शुरु गरे । अहिले ह’जारौं बोटमा स्याउ फल्छ, कोदो, जौ, फापर आलु फल्छ तर बाटोघाटो छैन् ।’ तिङकरबाट ताक्लाकोट चाररपाँच घ’ण्टामा पुगिने भएपनि वैधानिक रुपमा मार्ग खुल्न सकेको छैन् । वर्षौदेखि चीनको ताक्लाकोट व्यापार गर्दै आएका बोहरा अहिले चीनका राष्ट्रपति आएको बेला यो नाका खुलाउने विषय चर्चामा ल्याउन आ’ग्रह गर्छन् । दार्चुला–तिङ्कर सडकलाई चीनसँग जोड्न हुन सकेमा सुदूरपश्चिमको मात्र नभई मुलुककै समृद्धिमा सहयोग पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!