मन्त्रालयले भर्खरै जारि गर्यो यस्तो सुचना, भोलिबाट ७७ जिल्लामा यस्तो हुने !

मन्त्रालयले भर्खरै जारि गर्यो यस्तो सुचना, भोलिबाट ७७ जिल्लामा यस्तो हुने !सरकारले कोरोना भाइरसको सङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोभिड–१९ को सङ्क्रमणलाई रोक्नका लागि ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमण भएका जिल्लामा बन्दाबन्दी गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको बताए । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १२ वटा रहेका छन्।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्दही रहेका छन् । अक्सफोर्ड पोलेसि म्यानेजमेन्टले गरेको नेपालमा कोभिड–१९ को सङ्क्रमितको सर्वेक्षणमा भ्रममा नपर्ने मन्त्रालयका प्रवक्ता डा गौतमले बताउनुभयो । उहाँले मन्त्रालयले आफ्नै नेपालमा कति सङ्क्रमित हुन सक्छन् भनेर अनुमान गर्नका लागि प्रक्षेपण गरिरहेको समेत जानकारी दिए ।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

यो पनि पढ्नुहोस :मिक्लाजुङ गाउँपालिकामा समुदायमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । मिक्लाजुङ–४ रबीका छ स्थानीयवासीमा संक्रमण देखिएपछि आजदेखि कात्तिक १८ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।गाउँपालिका अध्यक्ष अमरराज माखिमले सार्वजनिक सूचना जारी गर्दै अत्यावश्यकबाहेक सम्पूर्ण सेवा एक साताका लागि बन्द गरिएको जानकारी दिए । *** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

गाउँपालिकाले औषधि पसल, दूध र दुग्धजन्यबाहेक व्यापार व्यवसाय बन्द गर्नाका साथै ग्रामीण भेगमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै शववाहन, एम्बुलेन्स र निर्माण सामग्री ढुवानी गर्ने साधनबाहेक सम्पूर्ण सवारीका साधनसमेत उक्त अवधिका लागि बन्द गरिएको गाउँपालिकाद्वारा आज जारी सूचनामा उल्लेख छ ।गाउँपालिका स्वास्थ्य एकाइका प्रमुख अग्नि चम्लागाईँका अनुसार यही कात्तिक ४ गते झापाको दमकबाट रबी आएकी एक महिलामा गरिएको परीक्षणमा कोभिड–१९ संक्रमण देखिएको थियो । आज संक्रमित महिलाको सम्पर्कमा रहेका उनका एक छोरा तथा उनी बस्दै आएको घरका तीन महिला र एक पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

छ संक्रमितमध्ये एकलाई ज्वरोसहित कोरोना भाइरस संक्रमणका लक्षण देखिएको चम्लागाईँले जानकारी दिए । उनीहरुमध्ये दुई जनालाई प्राथमिक स्वास्थ्य केन्द्र रबीको कोभिड–१९ अस्थायी अस्पतालमा राखिएको छ भने चार जना होम आइसोलेशनमा छन् । पाँचथरमा पहिलो पटक समुदायमा कोभिड–१९ संक्रमण देखिएको हो ।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!