कैलालीमा आ’माला’ई ब’लात्का’रको प्र’यास गरेको आ’रोपमा छो’रा प’क्राउ !

1 min read

कैलालीमा आफ्नै आ’माला’ई क’रणीको प्र’यास ग’रेको आ’रोपमा ए’क यु’वक प’क्राउ प’रेका छन् । कैलालीको बर्दगोरीया गाउँपालिका १ मु’डामा आफ्नै आमालाई ब’लात्का’र गर्न खो’ज्ने २० वर्षीय कमल बा’दीलाई प्रहरीले प’क्राउ गरेको हो । शुक्रवार राती घरमा कोही नभएको मौ’का छो’पी उनले आ’माला’ई क’रणी’को प्र’यास गरेको इलाका प्रहरी कार्यालय सु’खडले जनाएको छ । ‘राति करिब ८ः३५ बजे ब’लात्का’रको प्र’यास भएको भन्ने आज उ’जुरी आएको छ’ इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरि शरण भट्टले भने, ‘क’रणीको प्र’यास गर्ने छोरालाई प’क्राउ गरी का’रबा’ही गर्न माग गर्दै उ’जुरी दर्ता भएको हो ।’

इलाका प्रहरी कार्यालय सुखडमा शनिवार बिहान मु’द्दा दर्ता भए पनि प्रहरीले बा’दीलाई शुक्रवार सा’झँनै प’क्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ‘घ’टना भएको थाहा पाएपछि प्रहरीले उनलाई प’क्राउ गरेको हो’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश सिंह कार्की भने ‘अब स्वा’स्थ्य प’रीक्षणको तयारी भइरहेको छ ।’ पी’डक यु’वकमा’थि ज’बरज’स्ती क’रणी उद्योगमा मु’द्दा दर्ता गरिने प्रहरी निरीक्षक कार्कीले जानकारी दिएका छन् ।

थप समाचार २३ वर्षपछि नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपतिलाई भव्य स्वागत
काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङ नेपालको राजकीय भ्रमणमा काठमाण्डौ आइपुग्नुभएको छ । राष्ट्रपति सी भारतको चेन्नईबाट एयर चाइनाको विशेष विमानबाट शनिबार अपरान्ह ४ बजेर ४५ मिनेटमा काठमाण्डौ आउनुभएको हो । नेपालको दुईदिने भ्रमणमा रहनुभएका राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिकतापूर्वक स्वागत अभिवादन गर्नुभयो । उहाँहरूलाई चिनियाँ विशिष्ट अतिथिको स्वागतमा पञ्चकन्याले साथ दिएका थिए ।

त्यसअघि राष्ट्रपति भण्डारीले विमानमा नै पुगेर राष्ट्रपति सीलाई स्वागत गर्नुभएको थियो ।
विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष उपप्रधानमन्त्रीद्वयसहित मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूत तथा चिनियाँ दूतावासका उच्चअधिकारीले पनि राष्ट्रपति सीलाई स्वागत गर्नुभएको थियो । नेपाली सेनाको एक टुकडीले विशिष्ट अतिथि राष्ट्रपति सीको सम्मानमा २१ तोपको सलामी दिएको थियो । चिनियाँ राष्ट्रपति सीको नेपाल बसाइलाई आनन्ददायी बनाउन भव्य तयारी गरिएको छ । सबै सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ । विमानस्थलकै मूलद्वार राष्ट्रपति सीको स्वागतका लागि आकर्षक पारिएको छ ।

विमानस्थल परिसर र वरपर सातै प्रदेशको प्रतिनिधित्व हुने गरी राष्ट्रिय पोशाक पहिरिएका विभिन्न जातजातिका सांस्कृतिक झाँकीसहितका जनसाधारणले नेपाल र चीनका झण्डा फहराएर चिनियाँ राष्ट्रपतिको स्वागत गरेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रपतिकाे आतिथ्य एवं आवासको प्रबन्ध गरिएको स्थल तथा त्यहाँबाट राष्ट्रपति भवन शीतल निवाससम्मको सवारी मार्गका दुवै किनार भव्य रुपमा सिङ्गारिएको छ । विमानस्थल प्रवेशको स्वागतद्वारदेखि नै राष्ट्रपतिलाई विभिन्न परम्परागत नेपाली बाजागाजासहित स्वागत गरिएको थियो ।

चिनियाँ विशिष्ट पाहुनाको आवागमनका सडकमा ठाउँठाउँमा ‘सर्वोच्च शिखर सगरमाथाजस्तै उँचो नेपाल चीन मैत्री’, ‘नेपाल चीन मित्रता विशाल, गहन र अटल’, ‘बुद्ध र सगरमाथाको देशमा हार्दिक स्वागत छ’ लेखिएका ब्यानर र स्वागतद्वार बनाइएका थिए । विमानस्थलबाट बाहिरिने द्वार, तीनकुने चोक, माइतीघर मण्डल, त्रिपुरेश्वर, कालीमाटी चोक ताहाचललगायत स्थान चिटिक्क सिङ्गारिएको थियाे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सप्तरङ्गी इन्द्रेणीको अनुभव हुनेगरी पानीको फोहरा निर्माण गरिएको थियो भने ढकमक्क फुलेका फूलले विमानस्थल र सवारी मार्गको शोभा नै बढाएको थियो ।

राष्ट्रपति सीलाई विमानस्थलबाट उहाँलाई आतिथ्य एवं आवासको व्यवस्था गरिएको स्थलसम्मका सवारीमार्गका दायाँबायाँ नेपाल सरकारका कर्मचारी, विभिन्न शैक्षिक प्रतिष्ठानका विद्यार्थीसहित विशाल जनसमुदायले नेपाल र चीनका झण्डा फहराउँदै स्वागत गरेका थिए । राष्ट्रपति सी विमानस्थलमा अवतरणका क्रममा सबै उडान रोक्नुको साथै सडकमा पनि सवारी साधन सञ्चालनमा रोक लगाउदै सडक पुरै खाली गराइएको थियो । सर्वसाधारणलाई सडकमा हिँडडुल गर्न तथा उभिएर हेर्न समेत रोक लगाइएको थियो ।

सडकमा बाक्लोगरी सुरक्षाकर्मी तैनाथ गरिएको थियाे । राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका समकक्षी सीबीच आजै राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता हुनेछ भने चीनका राष्ट्रप्रमुखको सम्मानमा राष्ट्रपति भण्डारीले शनिबारै साँझ राजकीय भोजको आयोजना गर्नुहुने कार्यक्रम रहेको छ । २३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण भएको हो । चिनियाँ राष्ट्रपतिका साथ विदेशमन्त्री वाङ यीलगायत उच्च अधिकारी भ्रमणदलमा सहभागी हुनुहुन्छ । राष्ट्रपति सीको यो भ्रमणलाई नेपाल–चीनबीचको सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्ध अभिवृद्धिमा दूरगामी प्रभाव पार्ने विश्वास गरिएको छ ।

Facebook Comments
error: Content is protected !!