नेपाल भ्रमणका लागि आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ विमानस्थलबाट होटल तर्फ प्रस्थान।

1 min read

काठमाडौं– नेपाल भ्रमणका लागि आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ विमानस्थलबाट होटल तर्फ प्रस्थान गरेका छन् ।
दुई दिने राजकीय भ्रमणका लागि नेपाल आएका सीलाई विमान स्थालमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् ।
विमानस्थलमा नै राष्ट्रपति सीलाई सेनाले सम्मान गारथ अर्पण गरेको थियो । सीको स्वागतका लागि उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिसभा अध्यक्ष, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, मुख्यमन्त्री र विशिष्ट सरकारी अधिकारीहरुले स्वागत गरेका थिए ।

विमानस्थलमा सम्मान गारथ ग्रहण गरेसँगै सी केहीवेरको विश्रामका लागि ताहचलस्थित होटल सोल्टी प्रस्थान गरेका छन् ।
उनी तीनकुने, वानेश्वर, माइतीघर, त्रिपुरेश्वर, कालिमाटी हुँदै होटल पुग्नेछन् । उनको सवारी रुट पर्ने सडक पूर्ण रुपमा खाली गरिएको छ भने विभिन्न स्थानमा सडकको दायावाँया सीको स्वागतका लागि सर्वसाधारण उपस्थित भएका छन् ।सरकारी कर्मचारी, विभिन्न जातजातीका पहिरन र झाँकीसहितका व्यक्तिले सीको स्वागत गरेका छन् । केही बेर आराम गरेसँगै सी राष्ट्रपति भण्डारीसँगको भेटवार्ताका लागि शीतलनिवास जानेछन् ।

Facebook Comments
error: Content is protected !!