चिनियाँ राष्ट्रपति सी भ्रमण कहाँ के हुँदै छ ? हेर्नुहोस लाइभ !

1 min read

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपीशर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । दुई दिने राजकीय भ्रमणका लागि आएका सीलाई राष्ट्रपति भण्डारीले विमानस्थल नजिकै गएर स्वागत गरेकी हुन् । राष्ट्रपतिले स्वागत गरे लगत्तै उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका हुन् । सीको स्वागतका लागि सडक चिटिक्क पारिएको हो। सरकारले सीको स्वागतका लागि रातारात काठमाडौंका सडकको स्वरूप फेरेको हो।

उनलाई स्वागत गर्न काठमाडौंका विभिन्न स्थान सजाइएको छ। उनको राजकीय भ्रमणको लागि हिजोसम्म फुङ्ग धुलो उडेको देखिने सडक चिल्ला पारिएको छ। झार उम्रिएर घारी भएको तीनकुने रातारात बोटबिरुवा र फूलले भरिएको छ। जमिनमा हरियो दुबो बिच्छ्याइएको छ। बिजुलीबजारमा निर्माणाधीन अवस्थामा रहेको आर्क ब्रिजलाई तस्बिरले छोपिएको छ। खाल्डाखुल्डी भएका रोड रातभरिमा पिच भएर टिलिक्क टल्किएका छन्। दुईदिने राजकीय भ्रमणका लागि नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन् । हेर्नुहोस लाइभ भिडियो’

Facebook Comments
error: Content is protected !!