चिनियाँ राष्ट्रपति सी चिनफिङ आउने भएपछि, चीनबाटै आए सेना र विशेष कमाण्डो

1 min read

चिनियाँ राष्ट्रपति सी चिनफिङ आउने भएपछि राजधानीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । शनिबार बिहानैदेखि नेपाली सेना ब्यारेकबाट निस्किएर मुख्य मुख्य सडकमा गस्ती गरिरहेको छ । सी हिड्ने मुख्य सडकहरु विशेष निगरानीमा राखिएको जनाइएको छ ।राष्ट्रपति सीको सुरक्षाका लागि ४ तहको सुरक्षा घेरा निर्धारण गरिएको छ । पहिलो घेरामा नेपाली सेना, दोस्रोमा नेपाल प्रहरी, तेस्रोमा सशस्त्र प्रहरी बल र चौथोमा राष्ट्रिय अनुसन्धान विभागका सादा पोशाकका सुरक्षाकर्मी रहनेछन् । साथै चीनबाटै आएका सेना र विशेष कमाण्डो समेत सी को साथमै रहने बताइएको छ ।

सुरक्षालाई नै मध्यनजर गरी सडकमा ट्राफिक प्रहरीको संख्या उल्लेख्य मात्रामा बढाइएको छ । मुख्य सडकमा रुट नै बदलेर सवारीसधान डाइभर्टको व्यवस्था गरिएको छ । नेपाल प्रहरीले सवारीसाधनको जाँचमा समेत कडाइ गरेको छ । साथै सडकमा जथाभावी हर्न बजाउन समेत निषेध गरिएको छ ।चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा सुरक्षाका लागि ५० चिनियाँ सुरक्षाकर्मी काठमाडौं आइसकेका छन् । उनीहरूले सीको रुटको सूक्ष्म अध्ययन गरेका छन् । कतिपय सूचना संकलनमा खटिएका छन् । सीको सवारीका क्रममा पहिलो घेरामा चिनियाँ सुरक्षाकर्मी नै हुनेछन् । सी चढ्ने गाडीसमेत गत मंगलबार चीनबाट ल्याइसकिएको छ ।

चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपाललाई धेरै लाभ–सांसद बस्नेत
सांसद महेश बस्नेतले चिनियाँ राष्ट्रपति सी चीनफिङको आजदेखि हुने दुईदिवसीय नेपाल भ्रमणले नेपाल र चीनको सदियौँदेखिको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।सूर्यविनायक नगरपालिका–७ कार्यालयले आज गुण्डु चोकमा निर्माण गरेको सामुदायिक भवनको उद्घाटन कार्यक्रममा उहाँले विश्वमै चीनले गरेको चामत्कारिक विकासबाट नेपालले पनि सिक्नुपर्ने औँल्याउँदै यो भ्रमणबाट नेपालले धेरै लाभ लिनसक्ने भनाइ राख्नुभयो ।

उहाँले तीन वर्षअघिसम्म भिर र पहिरोबाट जकडिएको गुण्डुको अहिले विकासले मुहार फेरेको बताउँदै अबको तीन–चार वर्षमा विकासले भक्तपुरको मुहार फेरिने जिकिर गर्नुभयो । उहाँले उक्त सामुदायिक भवनमा आजै कार्यालय स्थापना भएको गुण्डु खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समिति र महानगरीय प्रहरी प्रभाग गुण्डुको कार्यालय भवनसमेत एकैसाथ हस्तान्तरण गर्नुभयो ।गुण्डुकै सार्वजनिक जग्गामा सवारी अनुमति पत्र वितरण गर्ने यातायातको कार्यालय निर्माण हुने गरी कार्ययोजना अगाडि बढेको र यसै वर्ष त्यसका लागि रु दुई करोड बजेट विनियोजन हुन लागेको सांसद बस्नेतले जानकारी दिनुभयो ।

Facebook Comments
error: Content is protected !!