खुसिको खबर : दशैको मुखैमा सोच्नै नसकिने गरि घट्यो खसिको मासुको मुल्य !

1 min read

दशैको मुखैमा सोच्नै नसकिने गरि घट्यो खसिको मासुको मुल्य ! काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकिलो रु ५६० मा खसी तथा बोका बिक्रीवितरण गर्ने भएको छ ।दाङ र मकवानपुरको मजवानपुरबाट यस वर्षको बडादशैँका लागि पहिलो चोटि खसी तथा बोका काठमाडौं आइपुगेपछि कम्पनीले मूल्य निर्धारण गरेको हो ।निर्धारित मूल्यअनुसार प्रतिकिलो खसीबोकामा रु दश छुट दिइने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिए । प्रतिकिलो रु ५५० का दरमा थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट बिक्रीवितरण हुने कम्पनीले जनाएको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयानुसार सरकारी स्वामित्वमा सञ्चालित तीन संस्थानले चाडपर्वलाई लक्ष्य गर्दै सञ्चालन गर्ने सुपथ मूल्यका पसलमा दिइएको छुटस्वरुप खसीबोकामा प्रतिकिलो रु दश छुट दिइएको कम्पनीले जनाएको छ ।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

Facebook Comments Box
error: Content is protected !!