कोरोना सङ्क्रमणलाई लिएर घट्यो अहिलेसम्मकै अनौठो घटना, पुरै बजार सिल!

1 min read

कोरोना सङ्क्रमणलाई लिएर घट्यो अहिलेसम्मकै अनौठो घटना,पुरै बजार सिल! ४ कार्तिक : कतीनपाटन गाउँपालिका वडा नं. ९ का एक वृद्धमा कोरोना पुष्टि भएपछि कसैलाई जानकारी नदिई समुदायमा पु-याइएको छ । उनलाई कोरोना संक्रमण भएको हैन भन्दै झुक्याएर घरमा पु-याएपछि स्थानीयहरु त्रसित बनेका छन् । स्वास्थ्यकर्मी र प्रहरीको टोलीलाई यसका बारेमा जानकारी लिन घरमै पठाइएको छ ।गाउँपालिका अध्यक्ष कार्ण थापा मगरले वडा नं. ९ रिठ्ठेका ७५ बर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएकोमा अस्पतालले उपचार गर्न नमानेपछि परिवारले सिन्धुली घरमा ल्याएको जानकारी आएको बताए ।काठमाडौंमा उपचारको लागि गएकोमा टेकु अस्पतालबाट पिसिआर जाँच गर्दा उनमा विहिबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनका अनुसार स्वास्थ्यकर्मी र प्रहरीको टोलीलाई यसका बारेमा जानकारी लिन घरमै पठाइएको छ । संक्रमितलाई घरमै राखिएको र उपचारका लागि सिन्धुली अस्पतालमा आइसोलेसन वेड नभए पछि शनिबार मात्र सिन्धुलीमाढी ल्याउने तयारी गरेको गाउँपालिका अध्यक्ष थापाले बताए *** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

Facebook Comments Box
error: Content is protected !!