आजवाट निषेधाज्ञा, साँझ ८ बजे देखि विहान ५ बजेसम्म हिड्न नपाइने !

1 min read

काठमाडौ । ३ कार्तिक चाडपर्व नजिकिएसंगै बढेको चहल पहलले कोरोनाको जोखिम बढाएको भन्दै आजबाट मोरङमा निषेधाज्ञा लागू गरिएको छ। पछिल्लो समय सर्वसाधारणको लापरवाही बढेको भन्दै प्रशासनले निषेधाज्ञा लागू गरेको हो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

त्यस्तै झापा र सुनसरीमा भने एकदिनअघिबाट नै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागू गरेका हुन्। त्यस्तै पार्टी प्रवेशका नाममा गरिने राजनीतिक दलका कार्यक्रमले पनि जोखिम बढाएको भन्दै प्रशासनले सतर्कता अपनाएको हो ।
प्रदेश १ को सबैभन्दा बढी संक्रमित देखिएको जिल्ला मोरङमा आजदेखि कार्तिक १५ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा लागु गरिएको छ। चाडपर्व र परम्पराका नाममा गरिने पूजापाठ कार्यमा संलग्न हुँदा हुने भीडभाडलाई रोक्न निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले बताए। मोरङमा साँझ ८ बजेदेखि बिहान ५ बजेसम्मका निषेधाज्ञा लागू हुनेछ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

अहिले गरिएको निषेधाज्ञा दशैं तिहारका समयमा हुने विशेष भिडभाडलाई रोक्ने उद्देश्य रहेको प्रशासनले जनाएको छ । ‘त्यतिमात्र होइन शुभकामना आदानप्रदान भन्दै राजनीतिक विभिन्न संगठनका नाममा गरिने ठूलाठूला कार्याक्रमलाई पनि रोकिएको प्रशासनको भनाई छ । त्यसै गरी साँझ ८ बजेदेखि विहान ५ बजेसम्म राजमार्गमा चल्ने बाहेक लामो दुरीका बाहेक अन्य आवात जावतमा रोक लगाइएको छ। सो समय पसल, होटेलदेखि मानिसको आवत जावत समेत बन्द गरिएको छ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Facebook Comments Box
error: Content is protected !!