लगातार घटेको सुनको मुल्य, आज पनि ह्वात्तै घट्दा बजारमा सुन किन्नेको घुइँचो !

काठमाडौँ २ कार्तिक। कार्तिक महिनाको पहिलो कारोबार दिन सुनको भाउ ओरालो लागेको छ । कार्तिक २ गते, आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन असोज ३० गते सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो । आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । यसदिन चाँदी शुक्रबारकै मूल्य प्रतितोला एक हजार २०० रुपैयाँमा किनबेच हुँदैछ । *** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!