चिनियाँ राष्ट्रपति सी आउने बेला ३३ वटा उडान प्रभावित हुने

1 min read

काठमाडौं, २५ असाेज । चिनियाँ राष्ट्रपति सी जिनपिङ आउने र जाने समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तथा अवतरण रोकिने भएको छ ।उडान तथा अवतरण रोकिँदा विभिन्न विमान कम्पनीको तोकिएको उडान तालिका पछाडि सारिएको छ ।
भीभीआईपी मुभमेन्टका लागि आज र भोलि विमान अवतरण तथा उडान केही समयका लागि स्थगित गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जनाएका छन् । शनिबार उडान तथा अवतरण स्थगित हुँदा ३३ वटा उडान तालिका परिवर्तन हुने भएका छन् । उडान तालिका प्रभावित हुने एयरलाइन्समा नेपाल एयरलाइन्सदेखि एयर अरेवियासम्म छन् ।

Facebook Comments
error: Content is protected !!