वाइफाइ नचलेर हैरान हुनुहुन्छ ? यस्तो घरेलु उपाय अपनाउनुस् l

तपाईं घरमा वाइफाइ नचलेर हैरान हुनुहुन्छ ? इन्टरनेट प्रदायकलाई रकम तिरेपनि नेट स्लो वा वाइफाइको सिग्नल कमजोर आएका कारण दिक्क भएकाहरुलाई राहत हुने भएको छ ।शोधकर्ताहरुले वाइफाइ कमजोर भएको खण्डमा उपाय अपनाउने तथ्य फेला पारेका छन् ।शोधकताहरुले वाइफाइ राउटरको एन्टिनाको चारैतर्फ आल्मुनियम फोइल लगाउनाले वाइफाइ तरंग मजबुत हुने तथ्य पत्ता लगाएका छन् ।अमेरिकाको डार्टमाउथ विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार राउटर एन्टेनाको चारैतर्फ आल्मुनियम फोइल लगाउनाले नेटवर्कमा सम्भावित दखल पनि कम हुने र यसले इन्टरनेट कनेक्सनको सुरक्षालाई पनि बढाउने दाबी गरेका छन् ।

राउटरको एन्टेना सबै दिशाका लागि हुन्छ, अर्थात् सिग्नल सबैतर्फ फिजिन्छ । तर आल्मुनियम फोइल लगाउनाले तरंगले एक दिशामा काम गर्न थाल्छ, जसले तपाईलाई फाइदा पुग्न सक्छ ।डार्टमाउथका शोधकर्ता इन्जिनियरका अनुसार यसले कुनै भवनभित्र वायरलेस संरचनाको क्षमता बढाउँन मद्दत गर्छ ।  यसले भवनको इन्टेरियर डिजाइन, विभाजन तथा अन्य रोकावटको प्रभावलाई कम गर्न सहयोग गर्छ ।आल्मुनियमको पाता लगाउँदा पनि केही कुरामा ध्यान पुर्‍ याउन जरुरी हुन्छ । त्यसका लागि पातालाई यसरी प्रयोग गर्न जरुरी छ कि यसले जसले गर्दा वाइफाइको सिग्नललाई तपाईले चाहेको कोठा तर्फ फर्काउन सकोस् ।

केही क्षेत्रमा तरंग रोक्नाले केही फाइदा पनि हुनछन् । जस्तै काँचका झ्याल लगायतका चिजमा तरंग ठोक्किएर परावर्तन हुने र त्यसले इन्टरनेट कनेक्सनलाई प्रभाव पार्ने जोखिम पनि कम हुन्छ ।इन्टरनेट तरंगलाई यसरी दिशा प्रदान गर्दा विभिन्न अवरोधमा कमी त आउँछ नै यसले वाइफाइको सुरक्षामा पनि वृद्धि गर्दछ ।किनकी आल्मुनियम फोइलले वाइफाइ ह्याक गर्ने प्रयत्नमा रहेकाहरुसम्म वा साइबर हमलाकारी तपाईको वाइफाइ सिग्नल सम्म पुग्न सक्दैनन् ।यस्तो आल्मुनियम प्यानल घरमै पनि तयार गर्न सकिन्छ । जसका कारण वाइफाइ सिग्नल कमजोर हुने र वाइफाइ अरुले चोर्ने समस्या कम हुन्छ । एकपटक प्रयोग गरेर हेर्ने कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!