काठमाण्डौमा आज यात्रा गर्दै हुनुहुन्छ भने दु:ख पाउनु होला, विमानस्थल र यी सडक बन्द हुने छन् !

1 min read

त्रिभुवन अन्नर्राष्ट्रिय विमानस्थलले आज दिउँसो २ः५५ देखि ५ः५५ बजेसम्म व्यावसायिक उडान रोक्ने निर्णय गरेको छ । विमानस्थल उड्डयानकर्मीका लागि जारी गरिने सूचनायुक्त नोटमा सार्वजनिक गर्दै २ घन्टा २० मिनेट विमानस्थल बन्द गरेर चिनियाँ राष्ट्रपति सी जिनपिङको भीभीआईपी उडानलाई प्राथमिकता दिएको छ ।विमानस्थल एक अधिकारीका अनुसार २ घण्टा २० मिनेटको अवधिभित्र चिनियाा राष्ट्रपति सीको भीभीआईपी उडान अवतरण गर्नेछ । त्यसपछि मात्रै व्यावसायिक उडान हुनेछ । सी भारतको चेन्नईबाट काठमाडौँ आउँदै छन् ।

उनको सवारीमा एयर चाइनाका दुईबटा बोइङ ७४७ विमान काठमाडौँ आउँदै छन् । विमान टर्मिनल भवनकै एप्रोनमा पार्किङ गरिने भएकाले तिनले ६ वटा जाहाज पार्किङ गर्न सकिने स्थान ओगट्नेछन् । नौवटा जहाज पार्किङ क्षमताको विमानस्थलले त्यसपछि तीनवटा विमानलाई मात्रै व्यवस्थापन गर्न सक्नेछ । यो समाचार कान्तिपुर दैनिकमा मात्रिका दाहालले लेखेका छन् ।चीनका राष्ट्रपति सी चिनफिङको नेपालको आजदेखि हुने दुईदिने राजकीय भ्रमणको अवसरमा सवारी व्यवस्थापनमा सहयोग गर्न उपत्यकावासीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले यही असोज २५ र २६ गते ठूला मालबाहक सवारीसाधन रिङरोडभित्र प्रवेश नगरिदिनु हुन सबै नागरिकमा आग्रह गरेको छ । मुख्य सवारी मार्गको प्रयोग नगरी अन्य वैकल्पिक सडकको प्रयोग गर्न तथा अनावश्यक सवारीसाधन प्रयोग नगर्न पनि महाशाखाले उपत्यकावासीसँग आग्रह गरेको छ । सवारी मार्गमा पुराना र अवस्था ठीक नभएका सवारीसाधन नचलाउन तथा हर्नको प्रयोग नगर्न पनि ट्राफिक प्रहरीले भनेको छ ।चीनको सहयोगमा नौतले दरबार पुनःनिर्माण तीव्र गतिमामित्रराष्ट्र चीन सरकारको सहयोगमा पुनःनिर्माण भइरहेको हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारको काम तीव्र गतिमा अघि बढेको छ ।

चीनले भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्ने क्रममा नौतले दरबारका लागि सहयोग गरेको थियो । सन् २०२२ मा सक्ने गरी सम्झौता भए पनि ८० प्रतिशत काम सकिएको पुनःनिर्माणमा प्राविधिक सहयोग गरिरहेको पुरातत्व विभागले जनाएको छ । पुनःनिर्माणका क्रममा परम्परागत सामग्री उपलब्ध गराउने तथा सुपरीवेक्षणको भूमिका पनि विभागलाई नै दिइएको छ ।विभागका निमित्त महानिर्देशक दामोदर गौतम दातृ राष्ट्रले गरिरहेका काममध्येमा उत्कृष्ट काम छिटो गतिमा भइरहेको बताउनुहुन्छ । विश्व सम्पदा क्षेत्र भएकाले दरबारको पुरानोस्वरूपलाई नबिगारी क्षतिग्रस्त भागको प्रबलीकरण एवं संरक्षणको काम भइरहेको उहाँले सुनाउनुभयो ।

करीब रु १६ करोड लागतमा दरबार पुनःनिर्माण भइरहेको हो । दरबार पुनःनिर्माणका लागि विसं २०७४ साउन ३२ गते शिलान्यास भएको थियो । नेपाल भ्रमणमा रहनुभएका तत्कालीन चिनियाँ उपप्रधानमन्त्री वाङ याङ र नेपालका तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संयुक्तरूपमा दरबार पुनःनिर्माणको शिलान्यास गर्नुभएको थियो । दरबार विसं १८२६ मा पृथ्वीनारायण शाहले निर्माण गराउनुभएको थियो ।नुवाकोट दरबार पुनःनिर्माणमा पनि चीनको सहयोग

चीनले नुवाकोटको साततले दरबारको पुनःनिर्माणमा पनि सहयोग गरेको छ । नुवाकोट दरबार क्षेत्रको पुनःनिर्माणका लागि हाल अध्ययन भइरहेको छ । अध्ययनसँगै पुनःनिर्माणको काम पनि शुरु भएको विभागका निमित्त महानिर्देशक गौतमले बताउनुभयो ।नुवाकोट दरबार क्षेत्रका तलेजु भवानी मन्दिर, गारदघर, रङ्गमहललगायत सबै संरचना चीन सरकारले नै पुनःनिर्माण गरिदिने छ । नुवाकोट दरबार क्षेत्र विश्व सम्पदा सूचीमा सूचीकृत हुने गरी प्रक्रिया अघि बढेकाले चीन सरकारले पुरानोस्वरूपमै निर्माण गर्न लागेको विभागले जनाएको छ ।

Facebook Comments
error: Content is protected !!