एनसेलको गजबको अफर : रिचार्जमा डेटा बोनस

1 min read

काठमाडौं। एनसेल प्रा.लि.ले आफ्ना ग्राहकहरुका लागि यो दशैंमा प्रयोग कर्तालाई ध्यानमा राखी गजबको अफर ल्याएको छ ।
एनसेलका ग्राहकहरुले प्रत्येक रु १०० भन्दामाथिको रिचार्जमा डेटा बोनस पाउने भएका छन् । एनसेल प्रालिले आफ्ना ग्राहकहरुका लागि दशैं अफर ल्याएको छ । यस अन्तर्गत रु १०० देखि रु १००० सम्मको प्रत्येक रिचार्जमा ग्राहकले रिचार्ज गरेको रकमको आधारमा १०० एमबी देखि १ जिबी सम्म डेटा बोनस पाउनेछन् । यो योजना आज शुक्रबारबाट १५ दिनका लागि सञ्चालनमा रहने छ ।यो योजनामा रु १०० ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप एक दिन समयावधी रहेको १०० एमबी डेटा पाउने छन् ।

रु २०० रिचार्ज गर्नेहरुले दुई दिन समयसीमा रहेको २०० एमबी र रु ३०० को रिचार्जमा ग्राहकहरुले तीन दिनको समयावधी भएको ३०० एमबी डेटा पाउने छन् । त्यसैगरी, रु ५०० रिचार्जमा ग्राहकले पाँच दिनभित्र प्रयोग गर्न मिल्ने ५०० एमबी डेटा प्राप्त गर्नेछन् भने रु १००० को रिचार्जमा १० दिन समयसीमा रहेको १ जिबी डेटा पाउने छन् । रिचार्जमा बोनस पाइने यो अफरले ग्राहकलाई थप फाइदा प्रदान गर्ने र चाडपर्वको बेलामा सम्पर्कमा रहि रहनका साथै यसलाई उल्लासमय बनाउन सहयोग पु¥याउने विश्वास एनसेलले लिएको छ ।

Facebook Comments
error: Content is protected !!