सशस्त्र प्रहरी बलले खुलायो नयाँ भर्ना, कहिलेसम्म दिन पाइन्छ दरखास्त?

1 min read

काठमाडौँ – सशस्त्र प्रहरी बलले साधारण समूह तथा उपसमूहतर्फ जवान पदमा नयाँ भर्ना खुलाएको छ। शनिबार सशस्त्र प्रहरी बल भर्ना तथा छनोट शाखाले सूचनामार्फत १ हजार ८ सय ३३ जवानका लागि भर्ना खुलाएको हो। खुलातर्फ ९ सय ८८, अमर र अशक्त सशस्त्र प्रहरीका सन्तति २०, समावेशीतर्फ महिला १ सय ६५, आदिवासी र जनजाति २ सय ६४, मधेसी २ सय ३१, दलित १ सय २४ र पिछडिएको क्षेत्रका लागि ४१ जनाको भर्ना खुलाइएको छ। सूचनामा योग्यता पुगेका १८ देखि २२ वर्ष ननाघेकाले आगामी कात्तिक २३ सम्म देशभरका ७५ वटै सशस्त्र प्रहरी कार्यालयमा दरखास्त बुझाउन सक्नेछन्। कम्तीमा कक्षा ८ उत्तीर्ण गरेको, पुरुषको हकमा ५ फिट २ इन्च, महिलाका लागि ५ फिट, पुरुषको हकमा छाती नफुलाउँदा कम्तीमा ३० इन्च र फुलाउँदा ३२ इन्च, आँखा मानइस २ वा प्लस २ भन्दा कमजोर नभएको, नागरिकताको प्रमाणपत्र प्राप्त गरेको, पुरुषका लागि ५० केजी र महिलाका लागि ४२ केजी तौल भएको, नैतिक पतनदेखि फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, दरखास्त दिँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको लगायत न्यूनतम योग्यता तोकिएको छ। ***लाइफ नेपाली**** थप समाचारको लागी यो भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस***

Facebook Comments Box
error: Content is protected !!