“पा’गल केटि” २ मिनेट समय दियर अ’वस्य पढ्नुहोला ! नपढे तपाईलाई प’छुतो हुनेछ !

1 min read

दियु पौडेल : सुदुर समाज – समयको वहावसंगै वग्दै जाने जिन्दगीका सम्झनाहरु वगेर कहिले काॅहि निकै तल पुग्दा रहेछन्,तर कहिले काहिॅ तरेर पारि पुग्न नसकेका जिन्दगीहरु याद वन्दै सम्झनामा कैदि वन्दा रहेछन् ,फेरी पनि फर्के हुन्थ्यो जस्तो लाग्छ ति दिनहरु तर फर्किॅदो रहेनछ! म एउटा भग्नावशेष तयार पार्दैछु ! तस्बिर गुगलवाट साभार गरिएको फाइल फोटो ****थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’******,

थाहा छैन म यो विरोधाभाष् कथा किन लेखिरहेको छु!
समाजमा यस्ता घटनाहरु किन लुकाईन्छ !यो विरोधाभाष् कथा लेख्न हुन्छ वा हुॅदैन वा कलम र मनभित्रको साथित्व कहाॅ वाट आउॅछ !यो मुटुहरु किन रंगिन्छन् र अर्को हावाहरुको स्पर्शसंग सासहरु किन तातिन्छन् ,मनभरि कुरामा कुरा गुम्सिॅदै एउटा छिमेकी फोक्सो घुम्म फुलिरहेको छ !म जिन्दगीको सुरुवातमै एक्लो एक्लो छु !कोहि आफ्नो छ भन्नु पनि ठुलो कुरा हुन्छ !आफ्नोपन त जसले पनि देखाउॅछ आफ्नो को हो त्यो समयलेनै देखाउॅछ !वेलुका चाॅडो आएस् नि वुवाले आवाज दिनुभयो ..हवस् वुवा !

म काॅधेझोला भिरेर स्कुल हिॅडिरहेको छु!विभिन्न स्कुल ,कलेजका विभिन्न पोशाकहरुले पुरै वजार रंगिएको छ !केहि हुल मानिसहरु ओहोर दोहोर पुरै वाटो छेकिएको छ !ठुलो संसार अनि आकाशलाई च्यालेन्ज गर्दै उडिरहेको हवाईजहाज मेरै अगाडिवाट उडेर जान्छ !म हेर्छु र नितान्त मौनतामा वसिरहन्छु ,सेतो हिॅउ जस्तै कहिले पग्लिने अनि कहिले जम्ने स्वभावको छैन म ..वाहिर कसैले जे सुकै गरोस्

मलाई अर्काको व्यक्तिगत प्रश्न गर्ने चाॅसो छैन!
ओई सरु कता हो घुम्म परेर हिॅडिरहेकी छस् छेउमै आएर पुजाले वोल्दा झसंग झस्किन्छु !आज किन ढिला गरेकी हॅ मैले भने , उसले कसैले सुन्ने हो कि झै गरेर भनि विशाललाई चिठ्ठि लेखेको थिॅए वस् दिएर आउॅदा ढिला भयो !विशाल उसको प्रेम गर्ने मान्छे …

यहि हो तिम्रो दिन पढ्ने उमेरमा खुव प्रेम पत्र लेख्न परेको ,वुढा हुॅदा हुॅदै के हो तेरो पारा…तॅ पनि मलाई यस्तो गालि गर्छेस् है सरु ..तॅलाई के थाहा प्रेम कस्तो हुन्छ ! ..भयो अव धेरै नवोल मेरो पनि वोल्नेदिन आउलानि वावै ..लामो सास वोकेर ऊ थोरै अगाडि वढि !

यो जिन्दगी त यात्रा रहेछ ,हिड्दै जाने यात्रा..यात्रामा कोहि छुटिन्छन् यात्रामा कोहि भेटिन्छन् !यात्रामा कोहि आफ्ना हुन्छन् कोहि टाढाका हुन्छन्,कोहि टाढाका पनि आफ्नो जस्तो लाग्छ कोहि आफ्नापनि छुटिएर जान्छन् !अनगिन्ति वहानामा वगिरहने जिन्दगीहरु विशाल र मेरो भेट विश्वज्योति वोडिॅग स्कुलमा भएको थियो !जोडिएका जोडिहरु वलियो भएमा जोडिरहन्छन् तर कतिपय जोडिहरु जतिनै वलियो भएपनि भित्र भत्किएको केहि थाहै हुॅदैन !चुलेसिमा रेटिएको कुखुराको गर्धन जस्तै फट्फटाउॅदै पखेॅटा अन्तै जिउने चाहानामा तड्पिरहेको हुन्छ!वुझिस् चोर औला ठडाएर पुजा अगाडि गई…

वाटोमा एउटा सानो चोक थियो ऊ अगाडि गएर थचक्क वसि अनि चुरोट निकालेर सलाई पारी अनि मुखमा लगादिई ,चुरोट जलिरहेको थियो,धुॅवा वाहिर निस्कन अटेर गर्दै थियो मेरै वरिपरि मडारिरहेको पत्रे वादलले मलाई सास लिन गाह्रो भैरहेको थियो,धुॅवाहरु आकाश र उसका फोक्साहरुमा कालाम्मे वनिरहेको थिए किनकी उसको नाक मुखवाट फोक्सो भरिरहेको हुॅदो हो त्यसैले त भित्र उम्लिएर वढि भएका धुॅवाहरु उसका नासिकाको छिद्र प्वालहरुवाट पटक पटक उडिरहन्थेॅ!यादहरु कपडामा लागेको दागहरु जस्ता हुॅदा रहेनछन् यि यादहरु त जति धोयो उति फैलिदो रहेछ !

वरु कपडाको दाग मेटिॅदो रहेछ तर मनको दाग मेटिॅदो रहेनछ !समय आएपछि कैदि लाई जस्तै यादलाई निकाल्न मिल्दो रहेनछ ,सायद यसैले होला जिन्दगीलाई कारागार भनिएको ..यसैले जिन्दगीरुपि कारगारभित्र धेरै यादिला कैदिहरु आईपुग्छन् !उसले यसरी उदाहरणदिई..

हेर्दा हेर्दै उसको आॅखावाट आॅशु झरेॅ ,म विवश भएकी हुन्छु मसंग अनुत्तरित प्रश्नहरु धेरैछन् जव कसैको प्रेममा ..म वाॅचेर मरेॅ कि मरेर वाॅचे ,जव रक्सिको गन्धले पुरुष पाखुरामा अठ्याउॅछ तव म विवश हुन्छु,विश्वासका लागी एक छिपिएको पुरुषलाई आफ्नो सर्वस्व सुम्पिन जव वावुआमानै विदाई गरेर दिन्छन् भने विवश्ता र वाध्यता भन्दा सिॅउदो महत्वपुर्ण हुॅदो रहेछ !यदि महिला सिन्दुरविनाको समाजमा विभिन्न आक्षेप आईपुग्दा रहेछन्

म विशालको स्वास्नी भनेर त ऐना अगाडि गएर आफ्नो सिॅउदो सुम्सुमाउॅथेॅ !एउटा छिपिएको पुरुषले पढाईदिन्छु भनेर लगेपनि अझै विशालनै मेरो लोग्ने हो भनेर कल्पना गर्छु र हराउॅछु , म आफैले मेलापात गरेर कपि किताव खर्च जुराएको थिॅए !विशालजिले पठाएको चिठ्ठि चोटाको छानोमा लुकाएकी थिॅए !कसैले नदेखुन् भनेर !

म मौन भएपनि पुजाको आवाज सुनिरहेको छु ! उसको चुरोट जलेर अन्तिम अन्तिम थियो ,मानिसको अन्तिम सास जस्तो ! उसका आॅशुहरु अन्तिमका हुन् कि सुरुवाति हुन् मैले केहि वुझिरहेको छैन!एक्छिन पछि सोॅधे
अनि विशाल त?

मैले प्रश्न गरेॅ !उसले भनि ऊ मेरो कलासमेट हो ! अर्जुन संग विवाह नहुॅदै अर्को स्कुलमा भेटेकी थिॅए!
अव भैगो विगतका दिनहरु किन कोट्याउॅछेस् !सुन् सुन्छेस् झझल्को लागेर आईरहने जिन्दगीका घाउहरु खाटै लागेपनि अनगिन्दि यादमा म जव छिपिॅदै जान्छु तव छिपिएका घाउहरुपनि चिलाउन थाल्छन् अनि म आशु झारेर कन्याॅउछु र आनन्द लिन्छु यो यात्रामा सवै हिड्नु पर्दो रहेछ !

फेरी उसले भनि मेरो विवाह यसरी भएको थियो !
उ सिॅगापुरे लाहुरे ,वर्षेनी सिॅगापुरवाट आउॅथ्यो महंगा समान र कपडाहरु वुवा आमालाई दिएर जान्थ्यो!वुवा आमाले सुखि देखेपछि वा छिपिएको पुरुषले फकाएर पढाउॅछु, सुखै सुखले पाल्छु भनेर वुवा आमासंग मागेपछि विवाह गरिदिए !यस्तो जवानीमा म विवाहित छु वा अझै वाॅकिनै छु थाहै छैन म कति पटक मरेॅ वा अरुले मलाई मारेॅ!

न कुनै जन्ति,नकुनै जग्य,नकुनै वर माला ,नकुनै फुलमाला ,वस् मान्छे र रमितेले मात्र मण्डप सजिरहेको थियो , मेरो रुवाईरुपि नौमति वाजाहरु वज्दै थिए !खुट्टा धोएर अपरिचितलाई सुम्पिदिए! पहिला सिउॅदो खालि थियो अव भरिॅदै थियो !आकाशवाट पानि झरेझैॅ वुवाले आॅखावाट आॅशु झार्दै वुवा आमाले निधारमा अक्षेता लगाईदिॅए विहानैदेखी अपरिचित पुरुष मसंगै थियो !अपरिचित पुरुषसंग टाॅसिॅदा मलाई कस्तो असह्ज हुन्थ्यो !

कारागारवाट तारिखेमा झुटेको कैदि जस्तै वुवाले ति युवकको हातमा मेरो नेल लगाईदिए ! आफ्नो आहारा अगाडी देखेपछि छिटो छिटो गिद्धले मासु लुछेझैॅ म केहिपलमै उसको घरभित्र भित्रिॅदै छु , सजिएको रातो साडि झल्किरहेको सितारा आफुमा अविरले फागु खेलेझैॅ भाकि छु!जुन तारा साझि राखेर दैले टेकिरहेको छु !फेरी मौन भई ..मौनभएपनि उसका आॅखाहरु अरुनै वोलिरहेका थिए!

मामा पर्नैले सम्झाईरहेका छन् ज्वाई साव भान्जि अल्लि केटाकेटिनै छिन् उनले केहि गल्ति गरिन भने पनि अज्ञानी सम्झेर माफि दिनुहोला ..मारे पाप पाले पुण्य वुवाले यहि भनेर विदाई गर्नुभएको थियो !यता उता हेर्दै मप्रति दया देखाउॅदै थियो पुरुष समाज!झल्मल सजिएकी काकी मलाई एकटक्क हेरी रहेकी थिईन !

यस्तो लाग्छ कि म कुनै गल्ति गरिरहेको छु त्यसैले दण्ड दिनको लागि हतारमा निर्णयको पर्खाईमा वसेजस्तै अपरिचितका परिवार हेरिरहेकाछन् ! वाउ ..मस्त जोडि कोहि हेरेर भन्दै थियो! आज म अपरिचित घरको अपरिचित कोठामा छु ,पुरुष शरिर म माथि आहाराको लागी ठुॅगिरहेको छ ! म रोईरहेको छु ! उसले आफ्नो भोक मेटायो!अनि जुकाले जस्तै ढाडिएर पर गएर सुत्यो
पुरुष शरिर उता घुरिरहेको छ!म यता रोईरहेको छु !

जिन्दगीका सपनाहरु आफुभित्र खोपेर,जिन्दगीका सपनाहरु छातिभित्र वुनेर छाति वाहिर यर्थाथका पलहरुलाई टाॅसेर जिउॅनु पर्ने यो जिन्दगीको भोगाई वेग्लै हुॅदो रहेछ!सपनाहरु देखुन्जेल सम्मन् मिठो र राम्रो लाग्ने यो जिन्दगी.. जव विपनाको धरातलमा व्युॅझिन्छ साह्रै नराम्रो लाग्दो रहेछ ! सुख र दुखमा आॅशुवाट साहारा लिॅदै जिउनु पर्दो रहेछ.. सरु तॅ पनि विवाहितनै होस् तॅ त कति खुशि छस् है ?तेरो जिन्दगी कति फराकिलो आकाश जस्तो छ कति गहिरो सागर जस्तो छ!

यसो नभन न पुजा म पनि त तॅ जस्तै त छु नि !कुनैदिन मिलेछ भने भनुॅला ..जाउॅ अव स्कुल लाग्ने वेला भयो !हाम्रो विवाह कति सानैमा भयो है ! सुन्तलाहरु किलोमा वेचिएझै हाम्रो जिन्दगीपनि यसरीनै वेचिएको छ !

लेखक:- दियु पौडेल
क्रमश:~ अर्को भागमा
नोट:~यो कथा काल्पनिक हो कसैसंग मेल खाएमा एउटा संयोग मात्र हुनेछ !
तपाईहरुलाई कथा कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नु होला !
पढेपछी शेयर_ गरि_ आफ्नो वालमा सुरक्षित_ राख्नुहोस् ! मसंग मित्रता गर्न चाहने असल साहित्यप्रेमी मित्रहरुले मलाई फेशवुकमा एड वा fallow गर्न सक्नुहुनेछ! मनपरेमा मेरो हौसलाको लागी सवैले दश दश ग्रुपमा शेयर गरौ!

Facebook Comments Box
error: Content is protected !!