नेपालले चीनलाई दिन सक्ने ३ चिज !

काठमाडौं । चिनियाँ राष्ट्रपति एवं विश्वका शक्तिशाली नेता सी जिनपिङ शनिबार अपरान्ह नेपाल आउँदैछन् । चिनियाँ राष्ट्रपतिको भ्रमणका बेला नेपाललाई चीनले के–के देला भन्ने अनुमानित बहस भइरहेको छ । तर, सानो एवं गरीब देश नेपालले पनि चीनका लागि यो’गदान दिन सक्ने केही विषय छन्, जसबारे खासै बहस हुन सकिरहेको छैन ।चिनियाँ विशिष्ट पाहुनासँग राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार नै भेटवार्ता गर्नेछिन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान वार्तालाप गर्नेछन् ।

आइतबार राष्ट्रपति सीले नेकपा अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने बताइएको छ ।सी जिनपिङसँग हुने भेटवार्ताहरुमा नेपाली नेताले क्षेत्रीय राजनीतिमा आफ्नो देशको महत्व र आवश्यकताबारे दह्रोसँग कुरा राख्न सक्ने हो भने सानो देश नेपालले दक्षिण एशियामा चीनलाई म’द्दत गर्न सक्ने ए’जेण्डा नै नभएको चाहिँ होइन ।१. 1सार्कमार्फत चीनलाई सहयोग का’श्मीरकै छेउछाऊबाट बीआरआईको म’हत्वाकांक्षी योजना अगाडि बढाइरहेको चीनले पाकिस्तान र भारतवीच स’म्बन्ध सु’धारको प्र’यास गरिरहेको छ ।

राष्ट्रपति सी भारत आउनुभन्दा दुई दिनअघि बेइजिङमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग वार्ता गर्नुको ध्येय पनि भारत–पाक वि’वाद न्यू’नीक’रण गर्नु नै हो ।भारत र पाकिस्तानको दु’री क’म गर्ने चीनको योजनामा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कको अध्यक्ष समेत रहेको नेपालले म’हत्वपूर्ण भूमिका खेल्न सक्ने ठाउँ छ । दक्षिण एशियामा सार्क नै एउटा त्यस्तो क्षेत्रीय मञ्च हो, जसले भारत र पाकिस्तानलाई आपसमा जोड्न सक्छ ।नेपालले केही वर्षयता निश्क्रिय रहेको सार्कलाई सक्रिय बनाउनका लागि पहल कदमी गर्दै आइरहेको छ ।

हालै न्यूयोर्कमा सम्पन्न राष्ट्र संघीय महासभा बैठकका बेलामा पनि नेपालका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सार्कलाई जगाउनेबारे सरोकारवाला देशहरुसँग छलफलको प्रयास थियो ।चीनले यदि दक्षिण एशियाली देशवीच सहकार्य स्थापित गराउने हो भने उसले सार्कको पुनर्जीवनका लागि भारत र पा’किस्तान दुबैलाई स’म्झाउन जरुरी छ । र, यो अभियानमा दक्षिण एशियाली देशहरुलाई एक ठाउँमा ल्याउनका लागि नेपाल नै सबैभन्दा उपयुक्त भूमि हो ।किनभने, नेपालको द्वीपक्षीय स’म्बन्ध पाकिस्तान, भारत, श्रीलंका, बंगलादेश, भुटान, मालदिभ्सजस्ता सबै सार्क राष्ट्रहरुसँग घनिष्ट छ ।

यदि चीनले चाहने हो भने नेपाली भूमिमै भारत र पाकिस्तानका अधिकारीहरुलाई बोलाएर त्रिपक्षीय वा चौपक्षीय छलफलहरु चलाउन सकिन्छ । नेपालले यसमा ठूला देशहरुलाई एकताको सूत्रमा उन्नका लागि चीनलाई सघाउन सक्छ ।चिनियाँ राष्ट्रपतिको भ्रमणका बेला नेपालले सार्कको पुनर्जीवनका लागि भूमिका खेलिदिन चीनसँग आग्रह गर्ने र चीनले नेपालको आग्रहलाई मान्ने हो भने केही वर्षयता मुर्झाएको सार्क फेरि सक्रिय हुन सक्छ । र, सार्क सक्रिय भयो भने पाकिस्तान र भारतको सम्बन्ध सुधार्ने चिनियाँ उद्देश्य पूरा हुन सक्छ । भारत र पाकिस्तानलाई एउटै मञ्चमा उभ्याउने सबैभन्दा उपयुक्त फोरम भनेकै सार्क हो ।

तर, नेपाली नेताहरुले चिनियाँ अधिकारीहरुसँग उच्चस्तरीय भेटवार्ताहरु गरिरहँदा दक्षिण एशियामा नेपालको शक्ति र महत्व चिनियाँहरुलाई कति बुझाउन सक्छन् भन्ने कुराले क्षेत्रीय शक्ति सन्तुलनमा नेपालको भूमिकालाई प्रष्ट्याउने छ ।चिनियाँ नेताहरुसँग विकासको प्याकेज मात्रै माग्ने तर ‘गिभ एण्ड टेक’ लाई ध्यान नदिने हो भने हामी ‘माग्ने’मा मात्र सीमित हुने खतरा रहन्छ । दुई ठूला देशको वीचमा रहेको नेपाल माग्नुपर्ने अवस्थामा मात्र छैन ।२. चीनको सु’रक्षामा योगदान

तिब्बती शरणार्थी समस्या र ‘क्रस बोर्डर क्राइम’ को त्रासमा रहेको चीनका लागि नेपाली सीमामा अवस्थित हिमालय पर्वत श्रृंखला बलियो भौतिक सुरक्षा कवच हो । साथमा एकचीन नीतिप्रति प्रतिवद्ध नेपाल सरकार अभौतिक सुरक्षा पर्खाल हो ।
यही वस्तुगत यथार्थलाई सम्झाउँदै नेपालले चीनलाई उसको सु’रक्षामा सहयोग गर्न सक्छ । यसका लागि नेपालले उसँग ‘गिभ एण्ड टेक’ गर्न सक्छ । पश्चिमाको द’बावका बावजुद तिब्बती श’रणा’र्थीबारे क’ठोर नीति लिँदै नेपालले सु’रक्षा सहयोग आदान प्रदान गर्ने र नेपाललाई प्राविधिक सहयोग गर्न चीनलाई बा’ध्यका’री बनाउने ठाउँ यसले दिएको छ ।

शायद यही ‘क्रस बोर्डर क्रा’इम’लाई म’ध्यनजर गर्दै चीनले नेपालसँग सुपुर्दर्गी स’न्धी गर्न चाहेको हो । र, नेपालमा पनि बैंकिङ सिस्टम ह्याकिङ जस्ता अ’पराधमा चिनियाँ नागरिकको सं’लग्नता देखिन थालेकाले सु’पुर्द’र्गी स’न्धीको आवश्यकता दुबै देशहरुले महसुस गरेका हुन सक्छन् ।तर, नेपालबाट तिब्बती श’रणा’र्थीहरु आफ्नो देशमा छिर्छन् भन्ने चिनियाँहरुको त्रा’सलाई नेपालले स्प’ष्ट पा’र्न र ह’टाउन सकेको छैन । यसले गर्दा तातोपानी र रसुवागढीमा चिनियाँहरुको नेपालीको सहज आवागमनमा कठोर नीति लिँदै आइरहेको अवस्था छ ।

यी नाकाहरुमा नेपालीहरुको सहज आहोर–दोहोरबारे यसपालि हाम्रा नेताले चिनियाँ अधिकारीहरुसँग दह्रोसँग कुरा राख्न जरुरी देखिएको छ । यसका लागि नेपालले चीनको सुरक्षामा आँच आउने नदिने विश्वास उनीहरुलाई दिलाउनुपर्छ । र, यो सम्भव पनि छ कि नेपालले आफ्नो सीमानामा चीनका श’त्रुहरुलाई ख’बरदारी गर्न र रो’क्न सक्ने छ । यो सानो देशले ठूलो देशलाई गरिरहेको सहयोग हो ।
३. भारत जाने सोझो बाटोचिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो विशेष आलेखमा भनेका छन् कि दक्षिण एशियामा नेपाल चीनको व्यापार तथा विकासको महत्वपूर्ण साझेदार हो ।

चीनले नेपालमा ३० करोड डलरभन्दा बढीको लगानी गरेको छ । प्रत्येक हप्ता दुई देशवीच लगभग ६० वटा हवाइ उ’डान हुँदै आएका छन् । नेपाल–चीनको व्यापारको परिणाम एक अर्ब पुगेको छ ।नेपालको बजारमा चिनियाँ माल, पुँजी र प्रविधिलाई भित्र्याउँदा चीनले के–के लाभ पाउन सक्छ ? यसका लागि नेपालले चीनलाई दिने सामान्य नाफा बाहेक अरु के दिन सक्छ ? यस विषयमा नेपाली नेताहरुले चिनियाँलाई दी’र्घकालीन महत्वबारे बुझाउन सक्नुपर्ने देखिन्छ ।

जस्तो– नेपालका उत्तर दक्षिण नाकाहरुमार्फत त्रिदेशीय कनेक्टिभीटी बढाउन सकियो भने चीनका लागि भारतसँगको व्यापारको मार्गए खुल्ने छ । त्यसैले नेपाललाई गर्ने चिनियाँ सहयोग नेपाल र चीनको नाफाघाटामा मात्र नभएर भारत–चीनको कनेक्टिभीटीका लागि ‘स्वर्गको द्वार’ बन्न जाने छ भन्ने कुरा नेपाली नेताहरुले चिनियाँलाई सम्झाउन सक्नुपर्छ ।लाङचुङगोलाबाट तमोरको गडतिर हुँदै बिराटनगर भएर भारतसँग चीनलाई जोड्न सकिन्छ । संखुवासभाको किमाथांका नाकालाई पनि बिराटनगर हुँदै भारतसँग जोड्न सकिन्छ । तमोर र अरुणको गडतिरको बाटो केरुङ–काठमाडौंजस्तो कठीन छैन ।

रसुवाढीबाट गल्छी, चितवन हुँदै ठोरी अनि कोरलाबाट पाल्पा हुँदै भैरहवा भएर भारतसँग चीनलाई जोड्न सकियो भने नेपालले चीनको अर्थतनत्रमा धेरै ठूलो सहयोग पुर्‍याउन सक्छ ।राजनीतिक स्थिरतापछि विकासको बाटोमा अघि बढिरहेको नेपालमा पूर्वाधार र प्रविधिको क्षेत्रमा मात्र होइन, सेवाको क्षेत्रमा पनि बजारको विस्तार भइरहेको छ । जस्तो कि विदेशमा पढ्न जाने जनशक्तिलाई चीनले भारत वा पश्चिमी मुलुकबाट तानेर आफूतर्फ आकर्षित गर्न सक्यो भने चीनले यसबाट थप आर्थिक लाभ लिन सक्छ । सी जिनपिङले आफ्नो विशेष आलेखमा भारतले जस्तै खुलेर छात्रवृत्तिको आश्वास दिएकै छन् ।

बुद्धको जन्मस्थल लुम्बिनीमा नेपालले चिनियाँ पर्यटकहरुलाई थप आकर्षित गर्न सक्छ । हरेक वर्ष तीन लाखको हाराहारीमा आवत–जावत गरिरहेका दुई देशका पर्यटकहरुको संख्या अरु बढ्न सक्छ । ११ वटा सहरसँगको भगिनी सम्बन्धलाई पनि दुई पक्षीय हितमा प्रयोग गर्न सकिने ठाउँ छ ।अ’न्त्यमा, भारतकै न’क्कल नगरियोस्विगतमा महाकाली सन्धी गर्दाखेरि भारतबाट खर्बौं आम्दानी हुन्छ भन्दै राष्ट्रवादीहरुलाई ह’प्काउने नेताले नै अहिले सरकारको नेतृत्व स’म्हालिरहेको अ’वस्था छ । अब फेरि रे’लको सुदुर परियोजनालाई देखाएर अर्को २० वर्ष समय खेर फाल्ने स्थिति ब’न्नु वा’ञ्छनीय हुँदैन ।

चिनियाँ अधिकारीहरुसँगको भेटमा नेपाली नेताले के–कस्ता व्यवहारिक र जनहितकारी प्रस्तावहरु गर्लान् भन्ने कुरा नेपालको राष्ट्रिय स्वाभिभानसँग जोडिने छ । भारतीयहरुसँग आफ्ना छोराछोरीको छा’त्रवृत्तिदेखि लिएर चुनाव क्षेत्रमा विद्यालय भवन बनाइदिनेसम्म माग गर्ने बानी परेका नेपाली नेताहरुले चीनलाई नेपालको वास्तविक ता’कतबारे सम्झाउलान् भनेर अहिल्यै विश्वास गरिहाल्नु हतारो हुनेछ ।मदन भण्डारीका नाममा खोल्न लागिएको विश्व विद्यालय र प्रधानमन्त्रीको चु’नाव क्षेत्र दमकमा स्थापन गर्न लागिएको पार्क एवं टावरका लागि मात्रै चिनियाँ सहयोग जुटाउने प्रयास भयो भने त्यो दुर्भाग्य हुनेछ ।

त्यसर्थ, ठूलै सहयोग गर्छु भनेर वचन दिइरहेको चीनसँग नेपालले दक्षिण एशियामा आफ्नो म’हत्व र ताकतबारे प्रष्टसँग कुरा राखोस् । ‘माग्ने’ र ‘दिने’ जस्तो स’म्बन्ध बनाएर भारतकै जस्तो न’क्कल नगरोस् ।नेपालले चीनलाई आफ्नो म’हत्व बु’झाउन स’क्यो भने, माग्नै पर्दैन, चीनले नेपालसँग आफैं मा’ग्न थाल्नेछ । यसले बजार माग्नेछ, भारत छिर्ने बाटो माग्ने छ र नाकामा सु’रक्षा माग्नेछ नेपालसँग । र, उसले नेपालीहरुलाई बेइजिङसम्म बोलाउन थाल्नेछ ।

भारतको न’क्कलको कुरा गर्दा यहाँ एउटा स’मस्या के देखिने गरेको छ भने भारतले कैयौं परियोजनाहरु हातमा लिन्छ र पूरा नगरी होल्डमा राख्छ । नेपालमा सञ्चालित चिनियाँ परियोजनाहरुको हालत पनि त्यस्तै नहोस् भनेर दुबै देशले सतर्क हुन ज’रुरी देखिन्छ ।हामीलाई चीनले दिएका जहाजहरुमै आर्थिक संकट आउन थालिसकेको अवस्था छ । फोरजीको प्रोजेक्टमा पनि त्यस्तै देखिएको छ । चिनियाँ परियोजनाहरुमा भारतको जस्तै ढिलाइ हुने गरेको छ । भलै, यसमा चिनियाँहरुले नेपाली पक्षलाई नै दो’ष दिने गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!