दु’खद खबर : बुवाको किरिया बसेका छोराको पनि नि’धन’

1 min read

काठमाडौ । पुरेत आउन नमान्दा कोरोनावाट नि’धन भएकाको परिवारले काज किरिया गर्न पाएका छैनन्। पश्चिम नवलपरासी रामग्राम नगरपालिका–३ परासीका ५२ वर्षीय पुरुषको गत असोज ८ गते कोरोना विशेष अस्पताल बुटवलमा नि’धन भएको थियो। परिवारले घरमा पुरेत जान डराएपछि कि’रिया गर्न नपाएको बताएका हुन्। काठमाडौंमा बस्दै आएका बाबुको नि’धन भएपछि परिवार सहित घरमा किरिया गर्न आएका थिए। ****थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’**,

बाबुको किरिया सकेको १० दिन नबित्दै उनको पनि कोरो’नावाट नि’धन भएको थियो । स्वास प्रश्वासको समस्या देखिएपछि उनलाई बुटवल को’रोना अस्प’ताल पठाइएको थियो। निधनपछि उनको श’व बुटवलमै व्यवस्थापन गरिएको थियो। उक्त पुरूषको मृत्युपछि ७२ वर्षीया आमा र श्रीमतीसहित परिवारका ५ जनामा कोरोना पोजिटिभ देखिएको छ। छोरासहित अन्य ३ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ।

संक्रमित भएकाहरु परासीस्थित आइसोलेसन सेन्टरमा छन्। घरमा रहेका छोराले किरियाको तयारी गरे पनि पुरेत आउन नमानेपछि रोकिएको मृ त कका भाइले बताए। होम आइसोलेसनमा बस्न पाइने भए पनि ठाउँ नभएकाले वृद्धा आमालाई लिएर नगरपालिकाको आइसोलेसनमा बस्नु परेको उनले बताए।

‘भाउजू आइसोलेसनमा हुनुहुन्छ। मृ त्यु संस्कार अनुसार छोरा भएकाले पुरेत नै राखेर किरिया गर्ने हो। पुरेत नै नआएपछि कसरी मृ त्यु संस्कारको काम गर्नु ?’, विगतमा पुजारीको कामसमेत गर्दै आएका अधिकारीले आफ्नो संस्कार सुनाउँदै भने।

घरमा बसेका परिवारमा संक्रमित नभए पनि घरमा जाँदा रोग सर्ने मानसिक डरले पुरेत जान नमानेको उनको बुझाइ छ। ‘तपाईंहरु सञ्चो भएर आउनुहोस् समय अनुकुल भएपछि दसैंपश्चात किरियाको काम गरौंला भनेर पुरेतले भनेका छन् ’, उनले भने।

आइसोलेनको १४ दिन बसाइपछि पीसीआर परीक्षण नगरी पठाउन भनेकाले आफ्नै खर्चमा परीक्षण गरेर घर जाने सोच अधिकारी परिवारको छ। यो समाचार अन्नपुर्णा पोष्टमा हरि शर्माले लेखेका छन् ।

Facebook Comments Box
error: Content is protected !!