एउटा कुकुर र हाती एकै पटक गर्भवती भए। गर्भवती भएको दुई महिना पछि कुकुरले आधा दर्जन छाउरा पायो। त्यसको केही महिना पछि फेरि कुकुरले बच्चा पायो। हाती जस्ताको त्यस्तै छ। कुकुरले फेरि केही महिना पछि फेरि तेस्रो पटक बच्चा पायो। तर हाती फेरि पनि उस्तै छ। कु’कुरले बडो फूर्तिका साथ हाती नजिक पुगेर भन्यो; “हैन ए हाती, तिमी त ग’र्भवती भएकि होइन कि के हो? हेर त मैले तीन तीन पटक बच्चा पाइसकें। सबै हुर्किएर ठुला, जंगे कुकुर बनिसके। तर तिम्रो त केही चालचुल छैन त?”
हातीले मु’सुक्क हाँस्दै भन्यो “हेर, तिमीले दुई महिनामा झन्डै आधा दर्जन बच्चा पाउँछौ। तर, म झन्डै दुई वर्ष लगाएर बल्ल एउटा बच्चा पाउँछु। तर, जब मेरो बच्चा जन्मन्छ, धर्तीले स्पर्शको महसुस गर्छ। मेरो बच्चाले बाटो का’ट्दा सयौं मानिसहरु गाडी रोकेर हेर्न लालायित हुन्छन, क्यामरामा कैद गर्न उत्सुक हुन्छन। मेरो मात्र होइन, लामो समयसम्म धैर्यता राख्ने सबैको प्रतिफल महत्वपूर्ण हुन्छ !” कहिले काहीं छिमेकी, साथीभाई, आफन्तले फटाफट प्रगति गरेको देखेर मन खिन्न बनाउन हुदैन। धैर्यता गर्न सिक्नु पर्छ। हरेक व्यक्तिको दिन आउँछ। आफूलाई वि’स्वास गर्न सक्नु पर्दछ। पर्खन जान्नु पर्छ। आफ्नो लक्षबाट विचलित बन्नु हुँदैन। जब धैर्यवान र आफ्नो लक्षमा लगनशील व्यक्तिले सफलता चुम्छन, त्यो हीरा भन्दा बढी महत्वपूर्ण र मूल्यवान हुनेछ !