पुनर्निर्माणका लागि साउदी अरबद्वारा ३ अर्ब ४० करोड सहुलियत नेपाललाई ऋण प्रदान !

1 min read

काठमाण्डौ – साउदी फण्ड फर डेभलप्मेण्टले नेपाललाई ३ अर्ब ४० करोड रुपैयाँ सहुलियत ऋण प्रदान गरेको छ । साउदी फण्ड फर डेभलप्मेण्टले भू’कम्पबाट क्ष’तिग्र’स्त निजी आवास, शैक्षिक संस्था तथा स्वा’स्थ्य केन्द्र पुनर्निमाणका लागि नेपाललाई सहुलियत ऋण उपलब्ध गराएको हो । अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा यससम्बन्धी वित्तीय सम्झौतामा हस्ताक्षर भएको छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाको उपस्थितिमा भएको सम्झौतामा अर्थ सचिव डा. राजन खनाल र फण्डका उपाध्यक्ष एवं प्रबन्ध निर्देशक डा. खालेद विन सुलेइमान अल्खुडायरीले हस्ताक्षर गर्नुभयो । अर्थसचिव डा.खनालले साउदी सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यसले भू’कम्पपी’डितहरुको मु’हारमा थप खुशी ल्याउने वि’श्वास व्य’क्त गर्नुभयो । फण्डका उपाध्यक्ष अल्खुडायरीले भू’कम्पबाट ठूलो क्ष’ति व्यहोरेको नेपाललाई सघाउनु मित्रराष्ट्र तथा संस्थाहरुको दायित्व हुने उल्लेख गर्दै नेपाल सरकारको पुनर्निर्माण प्रयासमा थोरै भए पनि सघाउन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

Facebook Comments
error: Content is protected !!