बस दु’र्घटना ११ को मृ’त्यु : ५१ जा’न घा’इतेहरुको काठमाडौँ उ’पचारमा हुदै !

काठमाडौ– सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका – १० मा भएको ब’स दु’र्घट’नाका २३ घा’इ’तेलाई काठमाडौँ ल्याइएको छ। सेनाको एम आई १७ हे’लिकोप्टरबाट १३ जना र निजी क्षेत्रका अर्को एक हे’लिकोप्टरमार्फत १० ज’नालाई काठमाडौँ ल्याइएको नेपाल प्रहरीले जनाएको छ। बाँकी केही घा’इतेहरुलाई ट्र’मा सेन्टर र धुलिखेल अ’स्पता’ल लगिएको छ । घ’ट’नास्थ’लमा धेरै घा’इते भएकाले अन्यको उ’द्दार भईरहेको प्रहरीले जनाएको छ । प्रदेश नम्बर तीनका सामाजिक विकास मन्त्री युवराज दुलाल सेनाको हेलिकोप्टर लिएर घ’टनास्थल पुगेका हुन् । घ’टनास्थल दुलालको निर्वाचन क्षेत्रसमेत हो । घा’इतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको मन्त्री दुलालले जानकारी दिए ।

बस दु’र्घटनामा ११ जनाको मृ’त्यु भइसकेको छ । भने हालसम्म पाँच जनाको पहिचना भएको छ । मृ’त्यु हुनेमा इन्द्रवती गाउँपालिकका ९ का हिरा श्रेष्ठ र विनोद लम्साल, इन्द्रावती गाउँपालिकाकै रितेस आचार्य रहेका छन् । त्यस्तै काभ्रे पाँचखालकी संगिता पुरकोटी र काभ्रेका केदार महाजु छन् । महाजु बसका चालक हुन् । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा शुक्रवार विहान ब’स दु’र्घटना भएको थियो । इन्द्रावती गाउँपालिका–९ सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नंको बस आज बिहान सडकबाट २०० मिटर तल खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!