Breaking – फेरिपनी १८ दिन सम्म सम्पुर्ण बजार, पसल, यातायात बन्द रहने ! भर्खरै गरियो यस्तो निर्णय !

1 min read

काठमाडौ । सरकारले १८ दिन लकडाउन गर्ने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय संक्रमित पुगेको अवस्थामा लकडाउन गर्न सिफारिस गरेको छ । सोही अनुसार कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडालिटी तयार गरेको हो । *** भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

समितिको बैठकले बढिमा १८ दिन लकडाउन गर्नेगरी मोडालिटी तयार पारेको हो । मुख्यसचिव नेतृत्वको कार्यदलले मोडालिटी तयार पारेको जनाइएको छ । यद्यपी कहिलेदेखि मोडालिटी अनुसार लकडाउन गर्ने भन्ने टुङ्गो लागेको छैन् । ‘स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय संक्रमित भनेका कारण त्यसको पेरिफेरीमा पुगेपछि मोडालिटीको विषयमा थप छलफल होला’ स्रोतले भन्यो ।

लकडाउन मोडालिटीमा दशैं चाड मनाउन जाने र फर्किने तथा टिका थाप्न जानेलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयलाई जोड दिने भनिएको जनाइएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यो विषयमा कसरी सहजता ल्याउन सकिन्छ भनेर खोज्न निर्देशन दिईसकेका छन् ।

Facebook Comments
error: Content is protected !!