प्रदेश ७ को पहिचान झल्काउने दक्षिण एसियाकै दोस्रो लामो दोधारा चाँदनी-झोलुंगे पुल,मर्मर्त सम्भार नहुदा जीर्ण बन्दै !

1 min read

कन्चनपुर : दक्षिण एशियाकै दोस्रो लामो झोलुंगे पुल जीर्ण बन्न थालेको छ । एसियाकै लामो दोस्रो झोलुङ्गेपुल आन्तरिक र बाइय पर्यटकको पशिम नेपालको प्रमुख गन्तव्य पनि हो । दोधरा चांदनी झोलुङ्गेपुल , सरकारले २०२० भिजिट नेपाल भनेर प्रचार गर्दै छ । तर पशिम नेपालको वा प्रदेश ७ को पहिचान झल्काउने दक्षिण एसियाकै दोस्रो लामो झोलुंगे पुलको मर्मत र सम्भार नहुदा दोधारा चाँदनी-झोलुंगे पुल जीर्ण बन्दै गएको छ तर सम्बन्धित निकाय बेखबर रहेको छ ।

पुल मर्मत सम्भार नहुदा स्थानीय बासिन्दा गणेश सिंह पुजारा को यस्तो आक्रोस छ। उनकै सब्दमा
एसियाकै लामो दोस्रो झोलुङ्गेपुल हामी नेपाली हरूको शान र पहीचान को यस्तो हालत हुदापनी के स्थानिय सरकार लाई थाहा छैन?? के झोलुङ्गेपुल मर्मत कोलागी बजेट छुट्याउन सकिदैन? स्थानिय_सरकारलाइ_यता_पनी_बिकास_गर्नु म प्रदेशबाटै आग्रह गर्नु चाहान्छु! 2020 पर्यटन वर्ष आउदैछ भिमदत्त न.पा.र महाकाली न.पा.लाई जोडन्ने महाकाली नदिमा रहेको येसियाकै दोस्रो लामो पुल(झुल्लुङे पुल) यस्तो अवस्थामा एकदमै जीर्ण भै सकेको छ ठाउ ठाउमा टुटेर कुनदिन यो टुल नै टुट्छ भन्ने संकालागेको छ यदि यो पुल टुट्योभने हामी दोधरा चांदनी का बासिन्दाहरूको लागी महेन्द्रनगर आवत जावत नै ब’न्दु हुन्छ बेलैमा यसको म’र्मत गराउनू दोधरा चांदनी का सम्माननीय  मेयर ,उपमेयर ज्युहरुलाई आग्रह र बिन्ती गर्न चाहान्छु !! यो हामी दोधरा चांदनी का ज्नताहरूको शान मात्रै नभएर सम्पूर्ण नेपालीहरुको शान र पहीचान हो यसलाई जोगाएर राख्नु हाम्रो दायित्व र कर्तब्य पनी हो भन्न चाहान्छु!! हाम्रो स्थानिय सरकार ले यो झोलुङ्गेपुल को छिटै मर्मत गर्ने छ भन्ने आसा लिएको छु !! तस्बिर :गणेश सिंह पुजारा

पुलमा प्रयोग गरिएका धातुका पाता,फलामे डोरी,रडहरु मर्मत सम्भार हुन नसक्दा पुलको अस्थित्व नै खतरामा पर्न थालेको हो । पछिल्लो समय पुलको मर्मत सम्भार नहुनु तथा पुलमा पैदल,मोटरसाईकल, साइकलयात्रीहरुको चाप बढ्नुले पनि पुल कमजोर बन्दै गएको सो ठाँउका जानकारहरुको भनाई छ ।पुलको बढीजसो स्थानमा बिछ्याइएका पाताहरु टुटेका छन भने फलामेडोरी चुडिनुका साथै नटबोल्ट समेत हराएको महाकाली नगरपालिका ६ का वडाध्यक्ष दिलबहादुर सिजालीले बताउनु भयो । यतिमात्र नभई पुलको तेस्रो टावर नजिकै पुल पुर्णरुपमा भाँचिने अवस्थामा अवस्थामा रहेको हुदा ठुलो दुर्घटना हुने सम्भावना बढेको भन्दै सो क्षेत्रका स्थानियहरुले चिन्ता ब्यक्त गरेका छन ।

सरकारले पुल मर्मतका लागि कुनै पहल नगरेपनि अब महाकाली तथा भिमदत्त नगरपालिकाले तत्काल मिलेर पुलको मर्मत गर्नुको बिकल्प नरहेको स्थानीय टिका उपाध्यायको भनाई छ । आन्तरिक तथा बाह्य पर्यटकहरुको आर्कषक गन्तब्यका रुपमा रहेको सो पुल BS २०६१ सालमा ९ करोड ४२ लाख बराबरको लागतमा बनेको थियो । भिनपा १३ र महाकालि नगरपालिका ४ मा पर्ने सो झोलुंगे पुल बनेपछि त्यस क्षेत्रका लाखौ स्थानीय लाभान्वित भएका छन । अहिले दैनिक २ हजार बढी स्थानीय एवं पर्यटकहरु सो पुल भएर आवत जावत गर्ने गर्दछन । दोधारा चाँदनीलाई सदरमुकाम संग जोड्न निर्माण गरिएको सो पुल महाकाली नदीमा अर्को पक्की पुल नबन्दा सम्म जसरी पनि बचाउनु पर्ने स्थानीयको माग छ ।

सम्बन्धित निकायको चरम लापर्वाही तथा सरकारी उदासीनताका कारण निर्माणको एक दशकमै मर्मत सम्भारको अभावमा अहिले पुल जीर्ण बनेको स्थानीयको भनाई छ ।महाकाली नदीपारिका साविकको दोधारा र चाँदनी गाविस हालको महाकाली नगरपालिका का स्थानीयबासी पुल निर्माण हुन पुर्व भारतीय वनबासाको बाटो भएर आवत जावत गर्न बाध्य थिए । प्रदेश ७ को पहिचान झल्काउने दक्षिण एसियाकै दोस्रो लामो झोलुंगे पुलको मर्मत र सम्भारमा केन्द्र,।प्रदेश र र स्थानीय सरकारको ध्यान जान जरुरी छ । पुलबाट जिल्लाका ५०–६० हजार सर्वसाधारण प्रत्यक्ष लाभान्वित छन्, तर सर्वसाधारणभन्दा पनि भारतीय बजारबाट अवैध कारोबार गर्ने व्यापारीले बढी पुलको प्रयोग गर्दै आएका कारण पुलको यो अवस्था भएको बताइएको छ ।-सुदुर समाजबाट

Facebook Comments
error: Content is protected !!