गगन थापा पनि , क’रोडौ घुस का’ण्डमा यसरी मुछिए !

1 min read

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षयता सक्रियता बढाएको छ । आयोगको सक्रियता बढे पनि देशमा भ्रष्टाचार कम हुनसकेको छैन । सरकार नै नीतिगत भ्रष्टाचारमा मुछिएको समाचार बाहिर आएको छ । किनकि आयोगको अनुसन्धान कर्मचारीमाथि मात्र छ, राजनीतिक नेतृत्वलाई छुन सकेको छैन । भ्र’ष्टाचारको मुल जड रहेको राजनीतिक नेतृत्वमाथि का’रबाही हुन नसक्दा भ्र’ष्टाचार झन् भ’यावह हुँदै गएको छ । राजनीतिक नेतृत्वलाई कमिसनबिना केही काम नै नगर्ने लत लागिसकेको छ ।

राजनीतिक नेतृत्वले देशमा कसरी भ्र’ष्टाचा’र गर्छन् र त्यसको असर तल्लो तहसम्म पर्छ भन्ने कुरा वीपी कोइराला स्वा’स्थ्य विज्ञान अध्ययन प्रतिष्ठानको अनियमितताबाट थाहा हुन्छ । जहाँका उपकुलपति नै गत बिहीबार घु’ससहित रं’गतेहात प’क्राउ परे । भवन निर्माणको भुक्तानीका लागि उपकुलपति राजकुमार९आरके० रौनियारले ठेकदारसँग आठ लाख रुपैयाँ घुस लिएका थिए । घु’ससहित आयोगको टोलीले उनलाई कार्यकक्षमै रंगेहात प’क्राउ गरेको हो । नि’युक्ति भएको केही महिनादेखि नै रौनियारमाथि अनियमितताको आ’रोप लागेको थियो । सोही आ’रोपमा सरकारले केही महिनाअघि उनलाई ह’टाउने निर्णय समेत गयो ।

तर, सर्वोच्चको आदेशमा उनी पुनर्ब’हाली भए । रौनियार कसरी भ्र’ष्टाचारमा लि’प्त भए भन्ने कुरा उनको नि’युक्तिबाट हेर्नुपर्छ । प्रचण्ड प्रधानमन्त्री तथा गगन थापा स्वा’स्थ्य मन्त्री भएको बेलामा उनी उपकुलपतिमा नि’युक्त भएका थिए । भ्र’ष्टाचारको दलदलमा फसेको प्रतिष्ठानलाई गगनले राम्रा मान्छे नियुक्ति गरेर सुधार गर्ने अपेक्षा धेरैले गरेका थिए । तर, सत्तामा पुगेपछि पै’साबाहेक सबै बिर्सन्छन् भन्ने मान्यता गगनको हकमा समेत ला’गू भयो । प्रतिष्ठानमा नियुक्तिका लागि डा।रामेश कोइराला लगायत व्यक्तिहरुले इच्छा व्यक्त गरेका थिए ।

डा। कोइराला त्यतिबेला गगनका सल्लाहकार टिममा बसेर काम गरेका व्यक्ति थिए । तर पैसा बुझाएर नियुक्त हुने पक्षमा उनी थिएनन् । उता रौनियारले पैसा अफर गरेका थिए । यस्तो अवस्थामा गगनले पैसालाई नै प्राथमिकता दिएर रौनियारलाई नियुक्त गरे । नियुक्तिमा आफूले ६ करोड रुपैयाँ खर्च गरेको रौनियारले आफ्ना निकटस्थलाई बताउने गरेका थिए । चुनावको क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले रौनियारसँग खर्च मागेपछि थापाले ६ करोड लिएको तथ्य बाहिरिएको थियो ।

यसरी मोटो रकम बुझाएर नियुक्त भएपछि रौनियार सुरुदेखि नै कमाउने धन्दामा लागेका हुन् । रौनियारको नियुक्तिपछि पूर्वकै सान रहेको वीपी प्रतिष्ठान लुटी खाने अखडा बन्यो । करोडौंका मेडिकल सामानको खरिदमा सेटिङ हुन थाल्यो । ठेक्का दिने कम्पनीको प्रोडक्टसँग मिल्ने स्पेसिफिकेसन बनाएर टेण्डर गर्ने र वास्तविक मूल्य भन्दा दोब्बरमा खरिद गरेर कमिसन खाने गरिएको छ । जसकारण प्रतिष्ठानमा बेथिति बढ्यो, जसबाट हजारौं बिद्यार्थी र बिरामीको जीवनमा समेत असर ग(यो । यदि गगनले त्यतिबेला राम्रो व्यक्ति नियुक्ति गरेको भए प्रतिष्ठानमा पुग्ने हजारौं सर्वसाधारणले पक्कै केही राहत पाउने थिए ।

गगनले त्यसैगरी आर्थिक चलखेलका आधारमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा विश्वराज काफ्लेलाई नियुक्त गरेका थिए । काफ्ले पनि त्यसैगरी लुट धन्दामा लागेका छन् । देशका हरेक जसो नियुक्तिमा यसैगरी आर्थिक लेनदेन हुने गरेको छ । जसमध्ये केही कर्मचारीहरु भ्र’ष्टाचार मुद्दामा परे पनि राजनीतिक नेतृत्वमाथि अख्तियारले समेत छुन नसक्दा यस्तो प्रवृत्ति झन् बढ्दै गएको छ ।रासस

Facebook Comments
error: Content is protected !!