चिनियाँ राष्ट्रपति सी जिङफिङका नेपाल भ्रमण २० घन्टा, ११ काम !

1 min read

काठमाडौं, २३ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङ दुई दिने नेपाल भ्रमणका लागि आउने निश्चित भइसकेको छ । उनी भारतको तामिलनाडुको राजधानी चेन्नईबाट २५ असोजको अपरान्ह काठमाडौं आएर भेटघाटहरुमा व्यस्त हुनेछन् । एक रात नेपालमा रहने सी २६ असोजको विहान बेइजिङ प्रस्थान गर्नेछन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्धिपक्षीय हितमा कुराकानी गर्नेछन् । भ्रमणका क्रममा विशेष सहमतिमा हस्ताक्षर कार्यक्रम तय भएको छ ।

२३ वर्षपछि नेपालको भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी जिङफिङले नेपालमा २० घन्टा बिताउनेछन्। शनिबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने राष्ट्रपति सीले आइतबार बिहानसम्म नेपालमा अति व्यस्त कार्यक्रमका बीच बिताउनेछन्। उच्च सुरक्षा स्रोतका अनुसार शनिबार दिउँसो त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछ चिनियाँ राष्ट्रपति सी जिङफिङलाई बोकेर आएको विशेष बिमान। उक्त बिमान भारतको तमिलनाडुमा हुने विशेष शिखर वार्तापछि सीलाई लिएर काठमाडौँ आइपुग्नेछ। स्रोतका अनुसार सी आइतबार बिहान बेइजिङ प्रस्थान गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन्। उनले नेपालमा करिब २० घन्टा बिताउनेछन्।
यस्तो छ उनको २० घन्टामा ११ कामको कार्यतालिका:

१-शनिबार दिउँसो २५ असोजको अपरान्ह तीन बजे- विशेष बिमानबाट त्रिभुवन विमानस्थलमा अवतरण। // – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा स्वागत। // ३- सोझै सोल्टी होटल प्रस्थान। // ४- शनिबार साँझ – राष्ट्रपति भण्डारी र राष्ट्रपति सीबीच विशेष भेटवार्ता। // ५- सोल्टी होटलमा राष्ट्रपति भण्डारीद्वारा सीको सम्मानमा विशेष रात्रिभोज। //६- दुवै राष्ट्रपतिद्वारा विशेष मन्तव्य। // ७- सोल्टी होटलमा राष्ट्रपति सीको आराम।

८- आइतबार बिहान- विभिन्न उच्च नेताहरुसँग सीको भेट। // ९- आइतबार बिहान- प्रधानमन्त्री ओली नेतृत्वको टोलीसँग सी नेतृत्वको टोलीको द्विपक्षीय छलफल। // १०- द्विपक्षीय सहमतिमा हस्ताक्षर। // ११- बेइजिङका लागि त्रिभुवन विमानस्थलतर्फ प्रस्थान। राष्ट्रपति सीको भ्रमणका लागि उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको सरकारले जानकारी दिएको छ।
विमानस्थलबाट राष्ट्रपति कार्यालयसम्म र बस्ने होटलसम्मको आवश्यक सुरक्षा व्यवस्था मिलाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए। ती क्षेत्रमा सु’रक्षासहित आवश्यक तयारीस्वरुप रि’हर्सलस’मेत भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *