चिनियाँ राष्ट्रपति नेपाल आउँदा तीन घण्टा सवारी सवारी आवागमन ठप्प हुने !

1 min read

काठमाडौं, २३ असोज । आगामी शनिबारदेखि हुने चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणलाई लिएर सु रक्षा निग रानी बढाइएको छ । सी भ्रमणका बेला हुनसक्ने सम्भावित जो खिमलाई मध्यनजर गर्दै सुर क्षा व्यवस्था म जबुत बनाइएको हो । उनको भ्रमणलाई लिएर नेपाली से’ना समेत परिचालन गरिएको छ । दुई दिने नेपाल भ्रमणमा रहने राष्ट्रपति सीलाई उच्च सु रक्षासहित सोल्टी होटलमा राखिने छ । सी नेपाल उत्रनासाथ साल्टी होटेल पुगेर सिधै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न सितलनिवास पुग्ने कार्यक्रम छ । यो समयमा करिव ३ घण्टा सवारी आवागमन ठप्प हुने स्रोतले जनाएको छ ।

दुई दिने नेपाल भ्रमणका लागि चिनियाँ राष्ट्रपति शनिबार नेपाल आउँदैछन् । चिनियाँ राष्ट्रपतिको भ्रमण तय भएपछि पराष्ट्रमन्त्रालय तीव्र तयारीमा जुटेको छ । बुधबारमात्रै परराष्ट्र मन्त्रालयले भ्रमण तालिका सार्वजनिक गरेको थियो । बुधबार नै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीको भ्रमण तालिकाबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई ब्रिफिङ गरेका थिए ।दुई दिने नेपाल भ्रमणका क्रममा सीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सोही क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुनेछ ।

यो पनि पढ्नुहोस। चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणः प्रधानमन्त्रीलाई बाबुरामको ६ बुँदे सुझाव
चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको पूर्व सन्ध्यामा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारलाइृ महत्वपूर्ण पाँच सुझाव दिएका छन् । उनले आफ्नो ट्वीटरमा सरकारलाई सुझाव दिएका हुन् । सि आगामी शनिबार काठमाडौं आउँदैछन् । दुई दिने राजकीय भ्रमणमा आउन लागेका सीसँग नेपालले महत्वपूर्ण सम्झौता गर्ने तयारी गरेको छ ।यही सन्दर्भमा पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष भट्टराईले लिखित रुपमै सरकारलाई आफ्नो तर्फबाट ६ बुँदे सुझाव पेश गरेका हुन् ।

उनले ट्विटरमा लेखेका छन्,- महामहिम चीनियाँ राष्ट्रपतिको आसन्न नेपाल भ्रमणको सन्दर्भमा सरकारले मागे अनुसार यस्तो सुझाव दिइयो : भन्दै भट्टराईले सार्वजनिक गरेको ६ बुँदे सुझाव यस्ता छन्- १. मुख्यत: चीन, भारत र अमेरिकाको नेपालमा बढ्दो चासोलाई अवसरको रूपमा लिने; तीनवटैसँग समानान्तर सम्बन्ध राख्ने; गतिशील शान्तिवाद/तटस्थताको नीति लिने; BRI र IPS दुवैबाट लाभ लिने; भारत-चीनबीच आर्थिक सेतुको रूपमा विकास गर्ने।

२. चीनसंग रेल, सडक आदि connectivity विस्तारमा जोड दिने; रेल बनाउँदा ऋणजालमा नफस्ने, अनुदान र ऋणको सन्तुलन मिलाउने; सडकमा बढी जोड दिने, कर्णाली-गण्डकी-कोशी कोरिडोरलाई प्राथमिकता दिने
३. ऋण/अनुदानभन्दा औद्योगिक लगानी, व्यापार, पर्यटनमा जोड दिने
४. सुपुर्दगी सन्धी चीनसंग मात्र तत्काल नगर्ने।

५. लिपुलेकको त्रिदेशीय व्यापार मार्गमा भारत-चीनले मात्र सम्झौता गरेकोमा सच्याएर त्यसमा नेपाल पनि जोडिनुपर्ने
६. सन्१९६०को नेपाल-चीन मैत्री-सन्धी अध्यावधिक गर्ने प्रस्ताव चीनले राखेको भए दुवै पक्षको हितमा संशोधन गर्ने । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न छलफलमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!