चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणः बाबुरामको ६ बुँदे सुझाव ,रेल बनाउँदा ऋणजालमा फस्नुहुँदैन् !

1 min read

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणः प्रधानमन्त्रीलाई बाबुरामको ६ बुँदे सुझाव
काठमाडौं, २३ असोज । चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको पूर्व सन्ध्यामा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारलाइृ महत्वपूर्ण पाँच सुझाव दिएका छन् । उनले आफ्नो ट्वीटरमा सरकारलाई सुझाव दिएका हुन् । सि आगामी शनिबार काठमाडौं आउँदैछन् । दुई दिने राजकीय भ्रमणमा आउन लागेका सीसँग नेपालले महत्वपूर्ण सम्झौता गर्ने तयारी गरेको छ ।यही सन्दर्भमा पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष भट्टराईले लिखित रुपमै सरकारलाई आफ्नो तर्फबाट ६ बुँदे सुझाव पेश गरेका हुन् ।

उनले ट्विटरमा लेखेका छन्,‘महामहिम चीनियाँ राष्ट्रपतिको आसन्न नेपाल भ्रमणको सन्दर्भमा सरकारले मागे अनुसार यस्तो सुझाव दिइयो : भन्दै भट्टराईले सार्वजनिक गरेको ६ बुँदे सुझाव यस्ता छन्- १. मुख्यत: चीन, भारत र अमेरिकाको नेपालमा बढ्दो चासोलाई अवसरको रूपमा लिने; तीनवटैसँग समानान्तर सम्बन्ध राख्ने; गतिशील शान्तिवाद/तटस्थताको नीति लिने; BRI र IPS दुवैबाट लाभ लिने; भारत-चीनबीच आर्थिक सेतुको रूपमा विकास गर्ने।

२. चीनसंग रेल, सडक आदि connectivity विस्तारमा जोड दिने; रेल बनाउँदा ऋणजालमा नफस्ने, अनुदान र ऋणको सन्तुलन मिलाउने; सडकमा बढी जोड दिने, कर्णाली-गण्डकी-कोशी कोरिडोरलाई प्राथमिकता दिने
३. ऋण/अनुदानभन्दा औद्योगिक लगानी, व्यापार, पर्यटनमा जोड दिने
४. सुपुर्दगी सन्धी चीनसंग मात्र तत्काल नगर्ने।

५. लिपुलेकको त्रिदेशीय व्यापार मार्गमा भारत-चीनले मात्र सम्झौता गरेकोमा सच्याएर त्यसमा नेपाल पनि जोडिनुपर्ने
६. सन्१९६०को नेपाल-चीन मैत्री-सन्धी अध्यावधिक गर्ने प्रस्ताव चीनले राखेको भए दुवै पक्षको हितमा संशोधन गर्ने । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न छलफलमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!