एकाबिहान काठमाडौ बासिका लागि आयो यस्तो खुसिको खबर !

1 min read

काठमाडौँ -काठमाडौँ उपत्यकामा ३ साता लामो निषेधाज्ञा खुकुलो भएसँगै आज बिहानैदेखि चहलपहल बाक्लो देखिएको छ । काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रशासन कार्यालयहरूले बुधबार जारी गरेको आदेश अनुसार आज बिजोर सवारीहरु संचालनमा आएका छन् । यसअघि गत भदौ ३ गते मध्यरातिदेखि जारी निषेधाज्ञा लागू हुँदा बुधबारबारसम्म अत्यावश्यक सवारीहरु मात्रै संचालनमा आएका थिए ।

तर लकडाउन खुकुलो पारिएसँगै ट्याक्सी संचालनमा आएका छन् भने १६ सिटभन्दा माथिको सार्वजनिक सवारीसाधन पनि सञ्चालनमा आएसँगै काठमाडौँका सडकमा जाम नै लागेको छ । नयाँ निर्णयअनुसार अब तरकारी, दुध तथा खाद्यवस्तुका पसलहरु बिहान ११ बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म खोल्न पाइनेछ । त्यस्तै फुटपाथ, ठेला, स्टेसनरी, इलेक्ट्रिक्सका पसल र डिपार्टमेन्टल स्टोरहरू बिहान ११ बजेसम्म संचालन गर्न पाइनेछ ।

Facebook Comments
error: Content is protected !!